विश्वकै जेठी महिलाको मृत्यु
एजेन्सी : संसारकै सबैभन्दा बृद्ध व्यक्तिको मृत्यु भएको छ । संसारकै सबैभन्दा बृद्ध मानिएकी इटालीकी एमा मोरानो को ११७ बर्ष १३७ दिन उमेरमा १५ अप्रिलमा मृत्यु भएको हो । २९ नोभेम्बर १८९९ मा इटालीमा जन्मिएकी एमा मोरानोलाई उन्नाइसौं शताब्दीकी एक मात्र जीवित व्यक्ति मानिन्थ्यो ।
दुईवटा विश्वयुद्ध देखेकी एमाको पालामा इटालीमा नब्बे भन्दा बढी सरकार परिवर्तन भएको बताइएको छ । उनका एक मात्रै छोरोको समेत मृत्यु भइसकेको छ । उनका आमा बाबुका आठ सन्तान मध्ये सबैभन्दा जेठी एमा हुन् । उनीहरुको परिवारकै धेरै समय बाच्ने जीन रहेको बताइएको छ ।
उनकी आमा पनि नब्बे बर्षको उमेरसम्म बाचेकी थिइन भने उनका केही बहिनीहरुले सय बर्षको उमेर पार गरेका थिए । एमाको मृत्युपछि विश्वको सबैभन्दाबढी उमेरको जीवित व्यक्तिको रुपमा जमैकाकी भायोलेट ब्राउन्ड रहेकी छिन् । उनको उमेर ११७ बर्ष ३७ दिन रहेको छ ।