'गाउँपालिका अध्यक्ष जिते सांस्कृतिक राजा ल्याउँछु'

'गाउँपालिका अध्यक्ष जिते सांस्कृतिक राजा ल्याउँछु'

पोखरा : गाउँपालिकाका उम्मेद्वारको एजेन्डा विकास निर्माण त पक्कै हुन्छ । तर मुस्ताङको एउटा गाउँका उम्मेद्वारको एजेन्डामा विकास निर्माण मात्रै होइन राजसंस्था पनि छ । अचम्म मान्नुपर्दैन, मुलुकमै राजसंस्था फर्काउने एजेन्डा भने होइन । लोमन्थाङ गाउँपालिकाको अध्यक्षका उम्मेद्वार इन्द्रधारा विष्टले आफ्नै गाउँको राजसंस्थाको एजेन्डा समेट्नुभएको हो । 'मुस्ताङी राजा' को सांस्कृतिक विरासतलाई जीवित राख्ने एजेन्डा उहाँले समेट्नुभएको छ ।

तत्कालीन दरबारका सल्लाहकारसमेत रहेका विष्टले आफू अध्यक्ष बने लोमन्थाङमा सांस्कृतिक राजा घोषणा गर्ने बताउनुभयो । 'म राजदरबारको सल्लाहकार भइसकेको हुँदा दरबारलाई राजनीतिमा मुछ्न हुँदैन भनेर स्वतन्त्र उम्मेदवार बनेको छु', उहाँले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, 'पहिला पनि लोमन्थाङ गाविसमा स्वतन्त्र उम्मेद्वार बनेर उपाध्यक्ष जितेको थिएँ, अब अध्यक्षमा उम्मेदवारी दिन्छु ।'

मुस्ताङी राजा जिग्मे पलवार विष्टको गत वर्ष निधन भइसकेको छ । उहाँकै उत्तराधिकारी तथा तत्कालीन 'युवराज जिग्मेसिंग्मे पलवार विष्टलाई उपल्लो मुस्ताङको सांस्कृतिक राजाका रुपमा राज्यारोहण गराउने ईन्द्रधाराले सुनाउनुभयो ।

 

पहिला पनि मुस्ताङी राजा सामन्त र अधिकार सम्पन्न नरहेको भन्दै ईन्द्रधाराले भन्नुभयो,'राजसंस्था हाम्रो गाउँ लोमन्थाङको संस्कृति थियो, त्यसलाई जोगाउनुपर्छ भनेर लाग्दैछु ।' सन् १९९२ पछि विदेशीका लागि उपल्लो मुस्ताङ खुला गरिँदा लोमन्थाङका राजा पर्यटकीय आकर्षण बनेको उहाँले स्मरण गर्नुभयो । पच्चीसौं पुस्तामा चलेको राजसंस्था र त्यहाँको दरबार देखेपछि अन्तर्राष्ट्रिय चर्चित पर्यटकीय संस्थाले 'द लास्ट फरबिडन किङ्डम' भन्दै उपल्लो मुस्ताङको प्रचार गरेका थिए ।

पर्यटकीय आकर्षणकै लागि पनि राजसंस्थाको संस्कृतिलाई निरन्तरता दिने उम्मेद्वार ईन्द्रधारा विष्टले बताउनुभयो । राजा जिग्मे पलवार विष्टको निधनको वर्ष दिनसम्मको जुठो उम्किएपछि आउँदो वर्षको तिजी पर्वका बेला 'युवराज' जिग्मेसिंग्मे पलवार विष्टलाई राज्यारोहण गराउने योजना ईन्द्रधाराले सुनाउनुभयो । सांस्कृतिक राजा हेर्न पर्यटक आउने र पर्यटनबाटै उपल्लो मुस्ताङमा आयआर्जन हुन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

स्थानीय तहको पुनसंरचनाअनुसार लोमन्थाङ, छोसेर र छोन्हुप गाविस मिलेर लोमन्थाङ गाउँपालिका बनेको छ । यो गाउँपालिकामा १३ सय मतदाता रहेको जानकारी पनि ईन्द्रधाराले दिनुभयो । तर तीमध्ये आधा पोखरा र काठमाडौं लगायत सहरमा बस्छन् ।

Displaying Mustang Prience p2.JPG

यिनै हुन् मुस्ताङी पूर्व युवराज जसलाई अर्को वर्ष सांस्कृतिक राजाका रुपमा राज्यारोहण गराउने चुनावी एजेन्डासहितका उम्मेदवार छन् । तस्बिर : कृष्णमणि बराल । 

 

अहिले उपल्लो मुस्ताङ घुम्न एक विदेशीले दिनको ५ सय डलर नेपाल सरकारलाई तिर्नुपर्छ । त्यसको केही हिस्सा मुस्ताङका लागि छुट्याउने भनिए पनि सुरुका बेला नछुट्टिएपछि ईन्द्रधाराकै अगुवाइमा आन्दोलनसमेत भएको थियो ।

विदेशीका लागि आंशिक खुला भनिएको लोमन्थाङ क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक पनि पुग्न थालेका छन् । ईन्द्रधाराका अनुसार लोमन्थाङमा १५ वटा होटल छन्, जहाँ दिनको २ सय पर्यटकलाई खानेबस्ने सुविधा हुन्छ । उम्मेद्वार विष्टले लोमन्थाङका होटलको स्तरीकरणसँगै छोसेर र छोन्हुपमा होमस्टे खोल्ने एजेन्डा पनि अघि सार्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.