उत्तर कोरिया मुद्दामा चीन र रुस एममत

उत्तर कोरिया मुद्दामा चीन र रुस एममत

एजेन्सी : अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने धम्की दिइरहेको र उत्तर कोरियाले त्यसको कडा प्रतिवाद गर्न तयार रहेको अभिव्यक्ति दिइरहेको कुराले संसारभर तरंग पैदा गरिरहेको छ । यसै बखत अमेरिकालाई रोक्न सक्ने सामथ्र्य भएका चीन र रुसले उत्तर कोरियाको सवालमा मिलेर अघि बढ्नेबारे कुराकानी सुरु गरेका छन् । चिनियाँ विदेश मन्त्री वाङ जीलेले रुसका आफ्ना समकक्षी सर्गेइ लावरोभसँग कोरियाली प्रायद्वीपमा युद्धको खतरा बढीरहेको भन्दै यसबारे छलफल गरेको बताइएको छ ।

 

अमेरिकाले कोरियाली प्रायद्वीपमा युद्धपोत र नौसेनाको फायर फोर्स समेत तैनाथ गरेको छ । उत्तर कोरियाले निरन्तर अमेरिकाको प्रतिकार गर्न तयार रहेको बताइरहेका छ । चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित खबर अनुसार रुसी विदेशमन्त्री सर्गेइ लावरोभलाई उदृत गर्दै दुवै देशको लक्ष युद्ध रोक्नु र वार्ताबाट समस्या समाधान गर्नु रहेको बताइएको छ ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका विषयमा अमेरिका, चीन, रुस लागायत ६ देशका बीच भएको सर्वपक्षीय वार्तामा उत्पन्न भएको गतिरोधका बारेमा दुई देशका विदेशमन्त्री बीच कुराकानी भएको थियो । उत्तर कोरियाका बारेमा बढेको तनावलाई शान्त पार्नका लागि सम्बन्धित पक्षसँग तत्काल वार्ता प्रारम्भ गर्नका लागि चीन रुससँग मिलेर अघि वढ्न तयार रहेको धारणा वाङले सर्गेइ समक्ष राखेको बताइएको छ ।

चीनले शुक्रबार मात्रै कोरियली प्रायद्वीपमा जुनसुकै बेला युद्ध प्रारम्भ हुनसक्ने अभिव्यक्ति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.