संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई स्मरणपत्र बुझाएको छ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अाइतबार प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवलाई स्मरण पत्र बुझाएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो।

आयोगले गत चैत ४ गते सो पार्टीले अवलम्बन गरेको सिद्धान्तमध्ये ती दुई विषय संविधानानुकूल नरहेको भन्दै खारेज गरेको थियो। त्यसबारे चैत ७ गते पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा प्रमुख आयुक्त डा यादवलाई ज्ञापनपत्र बुझाइएको थियो।

उपाध्यक्ष तामाङले मुलुकमा भएका दुई निर्वाचनमा सोही सिद्धान्तका आधारमा पार्टी सहभागी भई जनताको विश्वास प्राप्त गरेकाले त्यसलाई हटाउने आयोगको निर्णय पुनःविचार गर्नुपर्ने माग गर्नुभयो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.