धार्मिक क्षेत्रमा सहयोग गर्न आदित्यानाथलार्इ कांग्रेस नेताको आग्रह

धार्मिक क्षेत्रमा सहयोग गर्न आदित्यानाथलार्इ कांग्रेस नेताको आग्रह

परासी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेलले लुम्बिनी क्षेत्रमा रहेका धार्मिक क्षेत्रको विकासमा सहयोग गर्न भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यदनाथसँग आग्रह गर्नु भएको छ ।मुख्यमन्त्री बनेका आदित्य नाथलाई बधाइ तथाशुभकामना दिन र उत्तरप्रदेशसँग जोडिएका नवलपरासी र लुम्बिनी क्षेत्रमा रहेका धार्मिक स्थलहरुको बारेमा जानकारी दिन शनिबार लखनउ पुग्नु भएका कँडेलले नेपाल र भारतका जनताबीच साँस्कृतिक र धार्मिक सम्बन्ध रहेको भन्दै नवलपरासीलगायत लुम्बिनी क्षेत्रमा रहेका धार्मिक क्षेत्रको विकास गर्न मुख्यमन्त्री आदित्यनाथसँग आग्रह गर्नु भएको हो ।

मुख्यमन्त्री निवासमा भएको भेटमा कँडेलले भारतको गोरखनाथसँग गोरखा मन्दिर, राम र सितासँग सम्बन्धित रहेको जनकपुरसँग भारतको अयोध्याय लगायतका धार्मिक स्थलले नेपाल भारतको संस्कृतिलाई प्रागढ गराएको भन्दै सहयोग गर्न आग्रह गर्नु भएको हो ।

उहाँले लुम्बिनी क्षेत्रमा रहेका धार्मिक स्थलहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके भारतमा समेत पर्यटकहरुको बृद्धि हुने भन्दै प्रचार-प्रसार र संरक्षणका लागि आर्थिकलगायतको सहयोग गर्न कँडेलले आग्रह गर्नु भएको हो ।

उहाँले पछिल्लो पटक नवलपरासीका विभिन्न सीमा नाकाबाट मानव बेचविखन र लागूऔषधको कारोबार बढेको भन्दै दुवै देशका लागि चुनौती बनेको उक्त कारोबारलाई नियन्त्रण गर्न भारतीय सीमा सुरक्षाकर्मीबाट विशेष निगरानी राख्नका लागि निर्देशन दिन समेत कँडेलले आग्रह गर्नु भएको थियो ।

सीमा क्षेत्र महेशपुर पुख्यौली घर भएका कँडेलले नवलपरासीलगायत लुम्बिनी क्षेत्रमा हुने धार्मिक कार्यक्रमहरुमा आदित्यनाथलाई सहभागी गराउँदै आउनु भएको थियो । दुईबीचको घनिष्ठ सम्बन्धका कारण पनि कँडेलले गर्नुभएको आग्रहलाई आदित्यनाथले सकरात्मक लिदैं सहयोगको आश्वासन दिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.