विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

नयाँ दिल्ली : भारतीय प्रमुख तीन शहर मुम्बई, हाइदरावाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा उच्च सतर्कता अपनाएको यहाँका अधिकारीले जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल मुम्बई, हाइदरावाद, चेन्नईबाट विमान अपहरणको सूचना सुरक्षा निकायलाई एक महिलाबाट शनिबार राति इमेलमार्फत आएपछि उच्च सतर्कता अपनाइएको मुम्बई प्रहरीले जनाएको छ । उक्त महिलाले आफूले छ अज्ञात केटाहरूले विमानस्थलमा सम्भावित आक्रमण हुनलागेको र ती मुम्बई, हाइदरावाद, चेन्नइ विमानस्थल रहेको भन्ने कुराकानी सुनेको भनी प्रहरीलाई इमेल गरेकी जनाएकी थिइन् ।

भारतको विमानस्थल सुरक्षाको जिम्मेवारी पाएको अर्धसैनिक भारतीय औद्योगिक सुरक्षाबलका उच्च अधिकारीले सम्भावित विमान अपहरणको सूचना पाएपछि ती विमानस्थलमा सुरक्षास्थितिलाई कडा बनाइएको जनाए ।

प्राप्त सूचना अनुसार विमानस्थल सुरक्षार्थ खटिएको अर्धसैनिक बलले आफ्ना कुकुरको सहायतामा विमानस्थलको निगरानी बढाएका थिए भने विमानकम्पनीलाई पनि सम्भावित अपहरण प्रयासलाई असफल पार्न थप सतर्कता अपनाउन सल्लाह दिइएको थियो । अधिकारीले इमेलका बिषयमा अनुसन्धान शुरु गरेको बताएका छन् ।

भारतले यसअघि सन् १९९९ को डिसेम्बरमा नेपालको राजधानी काठमाडौंबाट दिल्लीका लागि छुटेको भारतीय एअरलाइन्सको आइ. सी ८१४ को उडानलाई एक लडाकू समूहले अपहरण गरेपछि त्यसलाई सुरक्षित रूपमा समाधान गरेको थियो ।

उक्त विमानलाई अफगानिस्तानको कान्दाहरमा लगेर अवतरण गराइएको थियो र विमान र विमानमा सवार १६६ जनाको सुरक्षाका लागि भारतले तीन उच्च लडाकूलाई रिहा गरेको थियो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.