सहारामा हिडडुल गर्न सक्ने गरी पूर्वअधिराजकुमारीको स्वास्थ्यमा सुधार
काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलमा चैत २५ गते शुक्रबार भर्ना हुनुभएकी पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहको स्वास्थ्यमा राम्रो सुधार देखिएको छ । सिंहको स्वास्थ्यमा क्रमिक र राम्रो सुधार देखिएको अस्पतालले जनाएको छ ।
उहाँको उपचारमा संलग्न चिकित्सकीय टोलीका अनुसार उहाँको बायाँ खुट्टामा देखापरेको कमजोरीमा उल्लेखनीय सुधार आई थप सहारामा हिंडडुल गर्न सक्ने हुनुभएको छ ।
गत चैत २५ गते हस्पिटल ल्याई पु¥याउँदा उहाँलाई सेरिवल भनेस् साइनस् थम्बोसिस भएको पाइएको र सोही अनुसार उहाँको उपचार चलाइएको थियो ।
नर्भिकका स्नायुरोग विशेषज्ञ डा. पंकज जलान र पूर्व अधिराजकुमारीका पारिवारीक चिकित्सक डा। किशोर जङ्ग राणा उहाँको उपचारमा संलग्न हुनुहुन्छ ।