आइटीमा अवसरै अवसर

 आइटीमा अवसरै अवसर

काठमाडौः नेपालमा आइटीमा रोजगारीको आकर्षण बढ्दै गएको छ । सफ्टवेयर, हार्डवेयर, नेटवर्किङलगायत क्षेत्रमा रोजगारीको आकर्षण बढ्दै गएको रोजगारदाता कम्पनीले जनाएका छन् ।

नेपाल सूचना/प्रविधिमैत्री बन्दै गएपछि आइटीमा रोजगारीको आकर्षण बढ्दै गएको हो । देशका अधिकांश क्षेत्रमा आइटीले विशेष स्थान पाउन थालेको छ । विभिन्न क्षेत्रले आइटीलाई अत्मासात गरेसँगै रोजगारीको आकर्षण बढ्दै गएको हो ।

सूचना प्रविधि नेपालका लागि नयाँ विषय भए पनि यसले केही वर्षमै बजार लिइसकेको छ । पछिल्लो समय आइटीमा रोजगारीको अवसरै अवसर सिर्जना हुँदै गएको सरोकारवालाको भनाइ छ । आइटीतर्फ आकर्षण र रुचि बढेसँगै आकर्षणको केन्द्रबिन्दु बन्दै गएको हो ।

नेपाल विकासशील राष्ट्रबाट विकासोन्मुख हुँदै छ । सूचना/प्रविधिको उपयोग बढ्नुका साथै आइटी क्षेत्रमा अध्ययन गरेका युवाले जागिर पाउन थालेका छन् । ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी, बिएससिटिआई, कम्प्युटर इन्जिनियरिङ, हार्डवेयर तथा सफ्टवेयर पढेका युवाले सहज रूपमा रोजगारी प्राप्त गर्न थालेका छन् ।

अहिले नेपालमा हार्डवेयर, सफ्टवेयर र नेटवर्कमा आकर्षण बढ्दै गएको छ । यस्ता कम्पनी स्थापना हुनुका साथै त्यस क्षेत्रमा रोजगारीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय कम्प्युटर निर्माण तथा मर्मत, विभिन्न कार्यक्रम उत्पादन गर्ने क्रम बढ्दै गएको जानकार बताउँछन् । त्यस्तै, इन्टरनेटप्रदायक कम्पनीको स्थापनासँगै विभिन्न नेटवर्किङ कम्पनीमा पनि रोजगारीको आकर्षण बढ्दै गएको छ ।

कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)का अध्यक्ष विनोद ढकाल समग्रमा आइटीमा रोजगारीको आकर्षण बढ्दै गएको बताउँछन् । पछिल्लो समय टुरिजम, मेडिकल, कृषिलगायत क्षेत्रमा आइटीको आकर्षण बढ्दै गएको छ ।

अधिकांश क्षेत्र प्रविधिमैत्री बन्दै गएपछि आइटीसँग सम्बन्धित विषय अध्ययन गरेकाहरूका लागि रोजगारीको आकर्षण बढ्दै गएको हो । कोर्स अध्ययनका साथै आइटीसँग सम्बन्धित ज्ञान तालिमबाट प्राप्त गर्नेको लर्को पनि छ।

मेरो रोजगारी डटकमका प्रबन्ध निर्देशक शैलेन्द्र गिरीले आइटी क्षेत्रमा काम गर्नेहरू तुलनात्मक रूपमा सेवा-सुविधा बढी हेर्ने गरेको बताउँछन् । ‘केही वर्षयता आइटीमा आकर्षण बढ्दै गएको छ', उनले भने ।

नेपालमा पछिल्लो समय आइटी आकर्षणको केन्द्रबिन्दु बन्दै गएको उनको बुझाइ छ । आइटी जाने, बुझेको र त्यसैमा अध्ययन गरेको व्यक्ति जागिरबाट वञ्चित हुनुनपर्ने उनले बताए ।
‘आइटी सबै कर्पोरेट हाउसमा अनिवार्य भएको छ, त्यसकारण पनि रोजगारीको अवसर बढ्दै गएको हो', उनले भने । मेरो रोजगारी डटकले बैंक, कम्प्युटर इन्स्टिच्युटलगायतमा म्यानपावर सप्लाई र व्यवस्थापन गर्ने काम गर्दै आएको छ ।

रोजगार परामर्शदाताको रूपमा मेरो रोजगारी डटकले काम गर्दै आएपछि बेरोजगार युवालाई पनि सहज भएको छ । मेरो रोजगार डटकमले विभिन्न रोजगारदाता कम्पनीको सहकार्यमा कर्मचारी छनोट गर्दै आएको छ ।
पछिल्लो समय इमेल/इन्टरनेटको पहुँच बढ्दै गएको छ । नेटवर्कमा काम गर्न इन्टरनेटप्रदायक कम्पनीले दक्ष म्यानपावर भेट्टाउन मुस्किल हुने गरेको बताउँछन् । देश सूचना/प्रविधिमैत्री बन्दै गएपछि सामान्य कम्पनीमा समेत आइटीलाई पहिलो प्राथमिकता दिन थालिएको छ । हरेक क्षेत्रमा प्रविधि आत्मसात गर्ने क्रममा विभिन्न कम्पनीले एक/दुई जना कर्मचारी आइटीसँग सम्बन्धित व्यक्ति राख्न थालेका छन् ।

कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)का अध्यक्ष विनोद ढकाल समग्रमा आइटीमा रोजगारीको आकर्षण बढ्दै गएको बताउँछन् । पछिल्लो समय टुरिजम, मेडिकल, कृषिलगायत क्षेत्रमा आइटीको आकर्षण बढ्दै गएको छ । अध्यक्ष ढकाल स-साना कम्पनीदेखि माइक्रोसफ्ट तथा ठूला कम्पनीमा आइटीमा रोजगारीको आकर्षण बढ्दै गएको सुनाउँछन् । उनका अनुसार आइटीको आकर्षण स्वदेशसँगै विदेशमा पनि छ ।क्यानको सञ्जाल देशभरका ५६ जिल्लामा छ । यसमा विभिन्न विषयगत संघ आबद्व छन् । क्यानमा ५ हजार सदस्य छन् ।

तर, आइटी सम्बन्धित कम्पनीको यकिन विवरण न सरकारसँग छ । न क्यानसँग नै ! क्यानका अध्यक्ष ढकाल भन्छन्, ‘नेपालमा सूचना/प्रविधिको आकर्षण र आवश्यकता भए पनि सरकारले प्राथमिकता दिन सकेन ।' उनले सरकारको सहकार्यमा केही रचनात्मक काम गर्न प्रस्ताव पेस गरे पनि सरकारले नसुनेको गुनासो गरे । ‘आइटीलाई मूलधारमा ल्याउन जरुरी रहेको छ तर सरकारले यसलाई कत्ति पनि प्राथमिकता दिन सकेको छैन', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.