फेसबुकमा लाइभ देखाउँदै वृद्धको हत्या गरेपछि
एजेन्सी : अमेरिकाको ओहिओ राज्यको क्लेभल्यैण्ड शहरमा फेसबुकमा लाइभ देखाउँदै एक वृद्धको हत्या गरिएको घटना बाहिर आएको छ । हत्या गरिएका व्यक्ति ७४ बर्षीय रोवर्ट गुडविन रहेको प्रहरीले बताएको छ ।
यस घटनामा संलग्न व्यक्ति स्टेभ स्टीफेन्सको फेसबुकमा रहेको अर्को भिडियोमा अन्य १३ व्यक्तिलाई मारिने कुरा गरिएको छ । क्लेभल्यैण्डका प्रहरी प्रमुख केल्भीन विलियमले हालसम्म एक व्यक्तिको मात्रै हत्या गरिएको पुष्टि भएको जानकारी दिए । प्रहरीले स्टेभ स्टीफेन्सको व्यापक खोजी भइरहेको बताएको छ ।
अभियुक्तलाई पक्राउ गर्नका लागि ओहिओ राज्यभित्र र अन्य क्षेत्रमा समेत वारेन्ट जारी गरिएको छ । सिएनएनका अनुसार स्टीफेन्सलनर्इ छिटै नियन्त्रणमा लिइने प्रहरी दावी गरेको छ ।
अमेरिकामा हत्या र गोली प्रहारका घटना फेसबुकमा लाइभ गरिएको यो पहिलो घटना भने होइन । गत साल एक व्यक्ति फेसबुकमा आफूलाई लाइभ गरिरहेका थिए त्यतिबेलै उनको हत्या भएको थियो । गत मार्चमा पनि एक व्यक्ति माथि लाइभ गरी १६ गोली हानिएको थियो ।