नयाँ वर्षमा 'आहा दामन' प्याकेज

नयाँ वर्षमा 'आहा दामन' प्याकेज

काठमाडौं : पर्यटकीय गन्तव्य मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टले नयाँ वर्षलाई लक्षित गरी 'आहा दामन' प्याकेज ल्याएको छ । रिसोर्टले प्रतिव्यक्ति २०७४ रुपैयाँको प्याकेज ल्याएको हो । वैशाखभरी लागू हुने प्याकेजमा एक रातको बसाइँ, लन्च, डिनर र ब्रेकफास्ट उपलब्ध हुनेछ ।रिसोर्टले आन्तरिक पर्यटकलाई लक्षित गरी २०६८ सालदेखि यस्तो प्याकेज पस्किँदै आएको छ । हरेक वर्ष एक रुपैयाँ थपेर आकर्षक प्याकेज पस्किँदै आएको रिसोर्टका प्रबन्ध निर्देशक सुदेश गौतम क्षेत्रीले बताउनुभयो । अरु समयमा यही सुविधाका लागि ३१ सय ७० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

विगत २५ वर्षदेखि सञ्चालित एभरेष्ट पानोरमा रिसोर्टमा ३० वटा वातानुकुलित कोठा छन् । दामनको एकमात्र स्तरीय रिसोर्ट भएकाले प्राय: कोठा खाली नहुने क्षेत्री बताउनुहुन्छ । रिसोर्टमा आउने पाहुनमा झन्डै ९० प्रतिशत नेपाली हुने गर्छन् । सुरुवाती समयमा रिसोर्टका पाहुना ९० प्रतिशत विदेशी हुने गर्थे । नेपालमा घुमफिर गर्ने संस्कृति हुर्किंदै गएपछि आन्तरिक पर्यटक लक्षित प्याकेज ल्याउन थालेको उहाँको भनाइ छ ।

राजधानीबाट ८५ किलोमिटर दूरीमा रहेको दामन आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । चिसो मौसममा हिउँमा खेल्न र गर्मीको समयमा चिसो ठाउँका लागि दामन चर्चित छ । काठमाडौं, हेटौंडा, वीरगन्ज, चितवन, जनकपुरलगायतका ठाउँबाट ठूलो संख्यामा आन्तरिक पर्यटक दामन पुग्छन् । दामनमा भारतीय पर्यटक पनि उत्तिकै आउने गर्छन् ।

दामन हिमाल अवलोकनका लागि प्रख्यात छ । समुन्द्री सतहबाट २५ सय मिटर उचाइमा रहेको दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायतका अग्ला हिमाल आँखै अगाडि देखिन्छन् । सूर्योदय र सूर्यास्तका लागि पनि दामन र सिमभन्ज्याङ प्रख्यात मानिन्छ । यस्तै, हाइकिङ, साइक्लिङका लागि पनि दामन उपयुक्त गन्तव्य भएको क्षेत्री बताउनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.