राष्ट्रपति भण्डारी भारत प्रस्थान

राष्ट्रपति भण्डारी भारत प्रस्थान

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी भारत प्रस्थान गर्नुभएको छ । भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा भारत भ्रमणमा जानुभएको हो। 
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादवलगाययत भ्रमण टोलीमा ३४ सदस्यीय रहेका छन् । ४ दिने राजकीय भ्रमणमा जानुभएको राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।

Image may contain: 6 people, people standing and outdoorराष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गर्नुभयो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो ।

Image may contain: one or more people, people standing and outdoor

राष्ट्रपतिको पहिलो विदेश भ्रमणको अवसरमा सरकारले सोमबार र शुक्रबार सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नुहुने छ ।त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको पनि भ्रमण गर्नुहुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.