‘निर्वाचनका लागि आयोग र सुरक्षा प्रबन्धमात्र अपर्याप्त’
काठमाडौंः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले वैशाख ३१ मा हुने स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग र सुरक्षा प्रबन्धले मात्रै नपुग्ने स्पष्ट पार्नु भएको छ।
सोमबार विहान ट्वीटरमा ट्वीट गर्दै गृहमन्त्री निधिले निर्वाचनका लागि राजनीतिक संवादमार्फत वातावरण बनाउनु पर्ने आवश्यक रहेको बताउनुभएको हाे। निधिले ट्वीटमा भन्नुभएको छ,‘स्थानीय चुनावका लागि निर्वाचन आयोग र सुरक्षा प्रवन्ध गरेरमात्रै प्रयाप्त हुँदैन। निर्वाचन गराउन राजनीतिक वातावरण तयार हुनु पर्छ।
The EC & security arrangement aren't sufficient;political settlements through dialogues among the parties is must for successful elections.
— Bimalendra Nidhi (@BimalendraNidhi) April 16, 2017
मधेसवादी दलहरु पुरानो संशोधन विधेयक फिर्ता लिएर सरकारले संसदमा नयाँ संविधान संशोधन विधेयक दर्ता गरेपछि आन्दोलनमा जाने घोषणा गरिसकेका बेला गृहमन्त्री निधिले निर्वाचनका लागि राजनीतिक वातावरण तयार पार्नु पर्नेमा जोड दिनु भएको हो।
निधिले चुनाव शान्तिपूर्ण ढंगबाट सफल बनाउन असन्तुष्ट दलहरुसँग वार्ता गरेर चुनावबारे सहमति जुटाउनु पर्ने पनि बताउनु भएको छ।