चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

चितवन: चितवनकाे मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

काठमार्डौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ३७२५ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको ग १२ प ७११५ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका–७ बस्ने ४८ वर्षीया इन्द्रा अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोही मोटरसाइकलका चालक पोखरा महानगरपालिका–७ वस्ने ५३ वर्षीय कृष्णप्रसाद अर्याल घाइते भएको प्रहरीले जनाएको छ । मृतक इन्द्रा अर्यालको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो भने घाइते कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको जिप्रकाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.