सिन्धुपाल्चोकको स्थानीय तहमा महिला नेतृहरुको दबदबा
सिन्धुपाल्चो: सिन्धुपाल्चोकमा नेपाली कांग्रेसका तर्फबाट बलेफी गाउँपालिकामा गीता नेपाल बलियो दाबेदारको रुपमा देखिनु भएको छ। नेपाल महिला संघको जिल्ला सभापति सहेत रहनु भएकी उहाँ जिल्लामा समेत चर्चित हुनुहुन्छ।
यस्तै बाह्रबीसे नगरपालिकामा लीला नेपालको नाम अगाडी आएको छ भने चौतारा नगरपालिकामा शोभा उलक, पाँचपोखरी गाँउपालिकामा लक्ष्मी चालिसे, भोटेकोशी गाउँपालिकामा तारा शाक्य र सुनकोशी गाउँपालिकामा लक्ष्मी पौडेलको नाम अग्र पंक्तिमा छ ।
त्यसैगरी त्रिपुरासुन्दरीमा स्वस्थानी बोहरा, लिसंखुपाखा गाउँपालिका उर्मिला लामा, मेलम्ची नगरपालिकामा जमुना मोक्तानलगायतको नाम चर्चामा रहेको छ।