गर्मीमा खरभुजा स्वास्थ्यको लागि फाइदै फाइदा

गर्मीमा खरभुजा स्वास्थ्यको लागि फाइदै फाइदा

एजेन्सी: गर्मी मौसम आउने बित्तिक्कै बजारमा शररीरलाई फ्रेस राख्‍ने फलफूलको माग दिनानु दिन बढ्दै जान्छ। गर्मीमा तारभूज शरीरको लागि धेरै फाइदाकारी मानिन्छ। यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्‍याउने गर्दछ। खरभुजाको फाइदा के के हुन् त ?

त्वचामा चमक ल्‍याउँछ
खरभुजा खानाले शरीरिक फाइदा पुर्‍याउनुका साथै छालामा चमक ल्‍याउँछ। यसमा पाइने एन्टी एक्सिडेन्टले त्वचामा आउने रुखोपनलाई हटाउँनुका साथै थकान मेटाउँछ। खरभुजाको टुक्रा अनुहारमा वा छालामा लगाउनाले चमक आउँछ।

तौल घटाउन मद्दत गर्छ
यदि शरीरको तौल बढी छ भने शारीरिक तौललाई घटाउनमा खरभुजादे सहयोग गर्छ। किनकी यसमा क्‍यालोरीको मात्रा निक्कै कम रहेको हुन्छ। यसमा पानीको मात्रा धेरै हुने हुनाले पेट भरिनुका साथै तौप पनि बढ्दैन।

क्‍यान्सरबाट जोगाउँछ
खरभुजाले शरीरका धेरै प्रकारका क्‍यान्सर निको बनाएको विभिन्‍न शोध र अनुसन्धानले पत्ता लगाइएको छ। यसले प्रोटेस्ट क्‍यान्सर, ब्रेस्ट क्‍यान्सर लगायत पेटको क्‍यान्सरमा धेरै फाइदाकारी मानिन्छ।

किड्नीको लागि पनि फाइदाकारी
खरभुजा किड्नीको बिरामीको लागि पनि भरपुर रुपमा फाइदा दिन्छ। यसमा रहेका अनेक प्रकारका भिटामिनले किड्नी रोगीलाई फाइदा पुर्‍याउछ। त्यसकारण गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरभुजा खानु उत्तम हुन्छ।

आँखाको लागि फाइदा
तारभुजमा बेटा क्यारोटीनले भरिपूर्ण हुन्छ जसले शरीरमा 'भिटामिन ए'को कमी पूरा गर्छ। 'भिटामिन ए'ले आँखाको ज्‍योती बढाउनुका साथै आँखामा आउने धेरै प्रकारका इन्फेक्सनबाट बचाउँछ। यही कारण गर्मीमा नियमित रुपमा तारभुज खानु स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.