भारतीय पक्षले क्षमायाचना नगरेकोमा उपप्रधानमन्त्रीको आपत्ति

भारतीय पक्षले क्षमायाचना नगरेकोमा उपप्रधानमन्त्रीको आपत्ति

महेन्द्रनगर : उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले भारतीय पक्षले क्षमायाचना नगरेको आपत्ति जनाउनु भएको छ । गत फागुन २६ मा कञ्चनपुरको पुनर्वासमा भारतीय पक्षले नेपाली भूमिमै आएर गोविन्द गौतमको हत्या गरेको विषयमा अहिलेसम्म भारतीय पक्षले क्षमायाचना नगरेकोमा उपप्रधानमन्त्री थापाले आपत्ति प्रकट गर्नुभएको हो ।
राप्रपा अध्यक्ष समेत रहनु भएका थापाले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन अन्तिम समयसम्म प्रयत्न हुने बताउनुभएको छ ।
पार्टीले महेन्द्रनगरमा आयोजना गरेको आमसभालाई सोमबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । दुई दशकपछि हुन लागेको चुनावको ठूलो महत्व रहेको भन्दै उहाँले निर्वाचनबाट भाग्ने काम नगर्न मधेसी मोर्चालाई आग्रह समेत गर्नुभयो ।
‘जनतालाई मताधिकार उपयोग गर्न दिनबाट कसैले पनि वञ्चित गर्नुहुदैन्’ उहाँले भन्नुभयो,‘सबै सहभागी हुने वातावरण तयार गर्नुपर्छ’। उहाँले सरकारले अहिलेपनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन पहल गरिरहेको र अन्तिम समयसम्म पनि प्रयत्न जारी राखिने बताउनुभयो ।
राजनीतिक दलहरु मधेसी जनताको विरुद्व नरहेको भन्दै उहाँले मधेसमा भ्रम सिर्जना गरेर चुनावको वातावरण बिगार्ने काममा नलाग्न आन्दोलनरत मधेसी मोर्चालाई सुझाव समेत दिनुभएको छ ।

‘सिंहदरबारमा केन्द्रित रहेको अधिकार जनताको घरदैलोमा पुग्नुपर्छ’ उहाँले भन्नुभयो,‘यो निर्वाचनबाट जनताले आफ्ना प्रतिनिधि चुन्न पाउनेछन् र त्यसबाट जनताले राहत महसुस समेत गर्नेछन्’ ।
संविधान जारी भएपछि हुन लागेको पहिलो निर्वाचन कसैले बहिष्कार गर्ने, कसैले हुन नदिने जस्ता कुरा गरेर जनता माझ भ्रम नपार्न उहाँले चेतावनी समेत दिनुभएको छ । उहाँले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न जनता आतुर रहेको प्रष्ट पार्नुभयो ।
लामो समयदेखी स्थानीय निर्वाचन नहुँदा देशमा भ्रष्टाचार, वेथिती बढेको भन्दै उहाँले अब निर्वाचन पछि जनता नै अधिकार सम्पन्न हुने बताउनुभयो । विदेशीको ईशारामा नेपाललाई धर्मनिरपेक्ष राज्य बनाइएको भन्दै उहाँले नेपाललाई हिन्दुराज्य बनाउने पार्टीको अभियान जारी रहने बताउनुभयो ।
प्रमुख तीन राजनीतिक दलका कारण देश संक्रमणकालिन अवस्थाबाट गुज्रिएको भन्दै उहाँले अब राप्रपाले नै मुलुकलाई निकास दिन सक्ने दाबी गर्नुभयो । राप्रपाले चुनाव जितेमा पहिलो प्राथमिकता विकास र रोजगारी हुने उहाँले बताउनुभयो । पहिलो संविधान सभाको निर्वाचन यता तीनवटै पार्टीका नेताहरुले सरकार चलाएपनि देश र जनताका लागि कहिल्यै काम नगरेको उहाँको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.