लन्डनमा शङ्कास्पद एसिड आक्रमणबाट बाह्र जना घाइते

लन्डनमा शङ्कास्पद एसिड आक्रमणबाट बाह्र जना घाइते

लन्डन (बेलायत): बेलायतको राजधानी लन्डनमा एउटा रात्रिकालीन क्लबमा सोमबार बिहानै एसिड हमला हुँदा कम्तीमा १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये करिब २० देखि २५ वर्ष उमेरका दुई युवाको स्वास्थ्य अवस्था एसिडले जलेर गम्भीर बनेको तर उनीहरुको अवस्था स्थिर रहेको छ भने बाँकी १० जना सामान्य घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लन्डन वारुण बाहिनीका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार ‘अज्ञात क्षयकारी तत्व’ क्लबमा रमाइरहेका युवामाथि छर्किएपछि क्लबमा रहेका करिब छ सय मानिसबीच भागदौड मच्चिएको थियो ।

प्रहरीले आक्रमण आतङ्ककारी समूहले गराएको नभई दुई समूहबीचको झडपपछि भएको जनाएको छ।
प्रहरीले सख्त घाइते भएका दुई जनालाई नै आक्रमणको निशाना बनाइए पनि वरपर बसेका अन्य व्यक्ति पनि हमलाका कारण घाइते भएको बताएको छ ।
घटना सोमबार १२ बजेर १० मिनेटको समयमा भएको थियो । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.