सहकारीको करोडाैंकाे सम्पत्ति अलपत्र

सहकारीको करोडाैंकाे सम्पत्ति अलपत्र

चन्द्रपुुर: रौतहटकै पुुरानो चन्द्रपुुर नपा–८ स्थित सन्तपुुरमा रहेको कृषि सहकारी संस्था लिमिटेड वर्षौंदेखि लथालिंग अवस्थामा छ ।‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ ०२९ सालमा संस्था स्थापना भएको थियो ।सरकारी बजेटबाट साझा संस्थाको नाममा स्थापना भएको कृषि सहकारी संस्थाका संस्थापक सदस्य यमप्रसाद चौलागाईंले जानकारी दिनुुभयो ।

सो कृषि सहकारी संस्था पछिल्ला वर्षमा स्थानीय दलको द्वन्द्वका कारण बन्द भएको छ । सहकारी संस्थाको करोडौंको सम्पत्ति वर्षौंदेखि अलपत्र अवस्थामा छ । ०५४ सालसम्म सञ्चालनमा रहेको भए पनि त्यसपछि संस्थाको काम पूर्णरूपमा बन्द भएको सेयर सदस्यको भनाइ छ ।तत्कालीन चन्द्रनिगाहपुुर, जुुडिवेला, सन्तपुुर, पौराइ, डुुमरिया, सिम्रा भवानीपुुर, रंगपुुर गरी सात वटा गाविसका १३ सयभन्दा बढी सेयर सदस्य थिए ।करिब चार कठ्ठा जमिनमा निर्माण भएको गोदाम, कार्यालय भवन, फर्निचरलगायत करिब दुुई करोडको सम्पत्ति अलपत्र अवस्थामा छ ।

सहकारीले केही वर्षदेखि कर्जा लिएकाको लालपुुर्जा फुुकुुवा गर्ने काम मात्रै गर्दै आएको लेखा समितिका संयोजक चन्द्र गौतमले बताउनुभयो ।संस्थाले कपडा, जुुत्ताको व्यापार, धान, गहुुँ खरिद–बिक्री, मलखादको डिपो गर्दा धेरै घाटा भएपछि संस्था कमजोर बन्दै गएको बताइएको छ ।वर्षौंदेखि केही कर्मचारीको नाममा रहेको पेस्की रकमसमेत फछ्र्योट भएको छैन । सो संस्थामा सरकारी कर्मचारी रहने व्यवस्था थियो ।संस्थाको तीन वटा भवनमध्ये एउटामा धान कुुट्ने मिल र गोदाम घरमा शौचालयको रिङ बनाउने उद्योग सञ्चालनमा छ ।

पछिल्ला वर्षमा मिल र उद्योग सञ्चालनबापत कसले कति भाडा लिने गरेको छ भन्ने जानकारी नभएको एक सेयर सदस्यले गुुनासो गरे । कृषि विकास बैंकबाट ऋण लिने व्यक्ति संस्थाको सेयर सदस्य हुुने व्यवस्था थियो । सुुरुमा प्रतिसेयर १० रुपैयाँ र पछिल्लो समय एक सय २५ रुपैयाँ सेयर रकम थियो । सहकारी ऐन बनेपछि सेयर सदस्यबाटै सञ्चालित उक्त संस्थालाई के गर्ने भन्ने अन्योल छ । इन्फोः ०५४ सालसम्म सञ्चालनमा रहे पनि त्यसपछि संस्थाको काम पूर्णरूपमा बन्द छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.