हतियार नष्ट गर्न चिनियाँ सहयोग अपेक्षा गर्दै अमेरिका

हतियार नष्ट गर्न चिनियाँ सहयोग अपेक्षा गर्दै अमेरिका

सोल: अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको आणविक हतियार भण्डारण नष्ट गर्न चिनियाँ सहयोग अपेक्षा गरिएको खुलासा गरेका छन्। यस विषयमा चीनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पले सौहार्दपूर्ण कुराकानी गरेको र उत्तर कोरियाको आणविक हतियार नष्ट गर्न दबाब दिन चीनको असाधारण सहयोग र योगदानको अपेक्षा गरेको उपराष्ट्रपति पेन्सले खुलासा गरे।

उत्तर तथा दक्षिण कोरियाबीचको विभाजन रेखा नजिक दक्षिण कोरियापट्टि अवस्थित शून्यसैनिक क्षेत्रमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पेन्सले अमेरिका तथा यसका मित्रराष्ट्रहरूले कोरियाली प्रायद्वीपमा शान्तिका लागि निकै लामो समयसम्म धैर्य गरेको बताए। अमेरिकी प्रतीक्षा अब सकिएको पनि उनले बताए । प्योङयाङको उस्तै रवैया रहे शान्ति बहालिका लागि अमेरिकाले यथोचित कदम अघि बढाउन सक्ने उनले चेतावनी दिए।

उनले सीमाक्षेत्रबाट साढे दुई माइल टाढा क्याम्प बोनिफासमा अवस्थित दक्षिण कोरियाली तथा अमेरिकी संयुक्त सैन्य शिविरको भ्रमण गरी त्यहाँ कार्यरत अमेरिकी सैनिक अधिकृतलाई भेटेका थिए। भेटलगत्तै उपराष्ट्रपति पेन्सले दक्षिण कोरिया र अमेरिका दुई अभिन्न मित्र भएको बताएका छन्। त्यसैकारण दक्षिण कोरियाको सीमारक्षा तथा सैनिक शक्ति संरक्षणका लागि अमेरिकाले लौह कवच धारण गरिरहे पनि हाल उत्पन्न भएको रणनीतिक समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ताको टेबुलमा बस्न वा उत्तर कोरियालाई आणविक निरस्त्रीकरण गर्न र क्षेप्यास्त्र परीक्षणको अन्त्य गर्न दबाब दिने दिशातर्फ अन्य कुनै पनि शान्तिपूर्ण विकल्पमा जान अमेरिका सदैव तत्पर रहेको पनि उपराष्ट्रपति पेन्सले बताएका छन्।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरूको दशदिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल आइपुगेका हुन्। उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा क्षेप्यास्त्र परीक्षणलाई धमाधम निरन्तरता दिई चीन, जापान तथा कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएका बेला उनले एसिया भ्रमण शुरु गरेका हुन्। प्योङयाङले गरेको मध्यम दूरीको क्षेप्यास्त्र असफल भएपछि ट्रम्पले छिटै उत्तर कोरियामा आक्रमण गर्न सकिने चेतावनी दिइसकेका छन्। उत्तरका गतिविधि नियन्त्रण गर्न पनि यस्तो आक्रमण गर्नु आवश्यक रहेको उनको भनाइ छ। यद्यपि उत्तर कोरियाविरुद्ध कारबाही गर्न चीनको सहयोग जरुरी छ।

यसै सिलसिलामा, सिरियामा विद्रोहीहरूको आन्दोलन दबाउन बसर अल असदको सरकारले विद्रोहीउपर प्रतिबन्धित, मानव घातक रासायनिक हतियार प्रयोग गरी आक्रमण गरेको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र प्रहार गर्ने आदेश दिने कठोर निर्णय लिएका छन्। यसैलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरले अमेरिका र यसका निकटका मित्र राष्ट्रहरूको हितका लागि राष्ट्रपति ट्रम्पले कुनै पनि अप्रिय निर्णय लिन असहज नमान्ने घोषणा गरेका थिए। ट्रम्पको घोषणालगत्तै परिस्थिति अध्ययनका लागि पेन्स एसियाली मुलुकको भ्रमणमा निस्किएका हुन्।

उत्तर कोरियाले छोटो अवधिको अन्तरमा आणविक हतियार र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिइरहेको परिप्रेक्ष्यमा उत्तर कोरियालाई लक्ष्य गर्दै पेन्सले रणनीतिक धैर्यको युग समाप्त भएको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.