फिलिपिन्समा बस दुर्घटना, २४ जनाको मृत्यु

 फिलिपिन्समा  बस दुर्घटना, २४ जनाको मृत्यु

मनिला: उत्तरी फिलिपिन्समा मङ्गलबार भएको बस दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन्।

घटनास्थलमा पुगेको प्रहरीले बसमा ५० भन्दा बढी यात्रु रहेको जनाएको छ। बस स्थानीय समयानुसार मङ्गलबार विहान ११ बजे दुर्घटनामा परेको हो।

इलोकोस सुर प्रान्ततर्फ गइरहेको बस नुइभा इक्जीअ प्रान्तको कापिन्तालानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बस सडकबाट झन्डै ९० फिट तल खसेको छ ।

अत्याधिक गति सो बस गइरहेकाले कारण बस दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुको भनाइ रहेको छ।

दुर्घटनामा परेका मध्ये केही यात्रुलाई दुर्घटनास्थलबाट उद्धार गरिएको छ । दुर्घटनास्थलबाट नजिक पर्ने अस्पतालमा लगिएपछि उपचारकै क्रममा केही मृत्यु भएको घोषणा गरिएको थियो ।

दुर्घटनास्थल यसअघि पनि पटकपटक दुर्घटना हुनेगरेको ठाउँ हो । सो ठाउँमा गत वर्ष भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.