टर्कीमा बाह्र यात्रुसहित प्रहरी हेलिकोप्टर दुर्घटनाग्रस्त

टर्कीमा बाह्र यात्रुसहित प्रहरी हेलिकोप्टर दुर्घटनाग्रस्त

टर्की: टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मङ्गलबार दुर्घटनाग्रस्त भएको स्थानीय गभर्नरको कार्यालयले जनाएको छ। विमानमा एक न्यायधिस सहित प्राय सव प्रहरी अधिकारी सवार थिए।

एक न्यायाधीश, सात प्रहरी अधिकृत, एक प्रहरी सर्जेन्ट र तीन चालक दलका सदस्य रहेको उक्त हेलिकोप्टरको स्थानीय समयअनुसार मङ¬्गलबार ११ बजेर ५० मा राडरसँग सम्पर्क विच्छेद भएको उक्त कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

विमान दुर्घटनाग्रस्त भएको इलाकामा खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी बताएका छन्।

टर्कीको विपद् तथा सङ्कट व्यवस्थापन प्राधीकरणले उद्धारका लागि विभिन्न समूहलाई घटनास्थलसम्म पठाएको बताए पनि समाचार तयार गर्दासम्म उनीहरु हेलिकोप्टर दुर्घटनास्थलमा नपुगेको जानकारी प्राप्त भएको छैन। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.