अमेरिकासँग युद्ध गर्ने उत्तर कोरियाको चेतावनी

 अमेरिकासँग युद्ध गर्ने उत्तर कोरियाको चेतावनी

एजेन्सी: अमेरिकाविरुद्ध उत्तर कोरियाका एक उच्च सरकारी अधिकारीले युद्ध गर्न तयार रहेको चेतावनी दिएका छन्।उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने वित्तिकै परमाणु हमला गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार प्योङयाङले साप्ताहिक, मासिक र वार्षिक रुपमा थप क्षेप्यास्त्रहरु परीक्षण समेत गर्ने पनि जनाएको छ।यसअघि अमेरिकी उपरराष्ट्रपति माइक पेन्सले आफ्नो परामाणु कार्यक्रमलाई निरन्तरता दिएर अमेरिकी धैर्यको परीक्षा नलिन उत्तर कोरियालाई चेतावनी दिएका थिए।

यस्तै उत्तर कोरिया र अमेरिकाबीचको मनमुटावले कोरियाली प्रायद्विपमा तनाव चुलिंदै गएको छ। उत्तर कोरियाली उपविदेशमन्त्री हाङले भन्‍नु भएको छ , 'यदि अमेरिकाले हामी विरुद्ध सैन्य आक्रमणको तयारी गर्यो भने उसले हमला गर्नुअघि नै हामी आफ्नै शैली र तरिकाले परमाणु आक्रमण गर्नेछौँ।'

अन्तराष्ट्रिय आलोचना तथा राष्ट्रसंघको प्रतिबन्धकाबीच हालैका वर्षहरुमा उत्तर कोरियाले परमाणु तथा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ।उसले अमेरिका सहित विश्वका अन्य निशानामा पुग्ने खालको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमा परमाणु वारहेड जडान गर्ने लक्ष्य लिएको छ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो अवस्था आउन नदिने भन्दै उत्तर कोरियालाई कुटनीतिक रुपमा एक्ल्याउन पहल गरिरहेका छन्।उनले कोरियाली प्रायद्विपमा नौसेनाको एउटा आक्रमणकारी दस्ता परिचालन गरेका छन् र अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा क्षेप्यास्त्र विध्वंशात्मक प्रणाली तत्कालै स्थापना गर्ने तयारी अघि बढाएका छन्।

यस्तै राष्ट्रसंघमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाका स्थायी प्रतिनिधिले सिरियामा भएको अमेरिकी हवाई हमलाको निन्दा गरेका छन्।
अमेरिकाले विश्व शान्ति र स्थिरता खल्बल्याइरहेको आरोप लगाउँदै सार्वभौम देशमाथिको हस्तक्षेप अस्वीकार्य हुने धारणा राखेका थिए।

चीनले उत्तर कोरियालाई सबै परीक्षणहरु रोक्न आग्रह गरेको छ र शान्तिपूर्ण समाधानमा जोड दिएको छ।रुसले चाहिं मस्कोले प्योङयाङ्को 'क्षेप्यास्त्र मोह' स्वीकार नगर्ने बताउँदै एकतर्फी अमेरिकी कारबाहीले जोखिमपूर्ण अवस्था ल्याउन सक्ने चेतावनी दिएको छ।

जपानी प्रधानमन्त्री सिन्जो आबेले पनि कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने भन्दै वार्ताका लागि मात्रै वार्ता गर्नुको अर्थ नहुने बताउनुभयो।उहाँले प्योङ्याङलाई अन्तराष्ट्रिय समुदायसँग वार्ता गर्न जापानले दबाब दिनुपर्ने धारणा पनि राख्नुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.