अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

हौस्टन : अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना हुनुभएको छ। ९२ वर्षीय पर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उहाँको एक जना प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।
उहाँ गत शुक्रबार अस्पतालमा भर्ना हुनुभएको बताइएको छ।उहाँको स्वास्थ्य अवस्था सुधारका लागि थप आराम गर्न चिकित्सकले सुझाव दिएको परिबारका सदस्यहरुले बताएका छन् ।
उहाँका प्रवक्ताले पूर्वराष्ट्रपति बुसको स्वास्थ्य अवस्थामा सुधार आइसकेको पनि जानकारी दिनुभयो ।
यसअघि गत जनवरीमा पनि स्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँ सन् १९२४ मा जन्मनु भएको हो भने सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपति बन्नुभएको थियो । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.