आडवाणीसहित भाजपाका १३ जना नेता माथि मुद्दा चलाउन अदालतको आदेश

आडवाणीसहित भाजपाका १३ जना नेता माथि मुद्दा चलाउन अदालतको आदेश

नयाँ दिल्ली : पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीसहित भारतीय जनता पार्टीका नेताहरुलाई मुद्दा चलाउन भारतको सर्वोच्च अदालतले आदेश दिएको छ । १८ औ शताब्दीको बाबरी मस्जिद भत्काइएको घटनामा सत्तारुढ भाजपाका बरिष्ठ नेताहरु माथि अपराधिक षडयन्त्रको मुद्दा चलाउन अदालतले आदेश दिएको बिबिसीले जनाएको छ ।

दुई बर्ष भित्र मुद्दा टुंगो लगाउने गरी द्रुत गतिमा मुद्दाको सुनुवाई गर्न पनि अदालतले निर्देशन दिएको छ । आफू माथिको आरोप अस्वीकार गर्दै आएका भारतीय नेताहरुका लागि अदालतको आदेशले झडका दिएको छ ।
यस अघि सन २००१ मा बिजेपीका बरिष्ठ नेताहरु माथिको अपराधिक षडयन्त्रको आरोपलाई लखनऊ बिशेष सीवीआई न्यायधिश श्रीकान्त शुक्लले खारेज गरिदिएका थिए । सन १९९२ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काइएको र त्यसपछि हिन्दु मुस्लिम दंगामा करीव दुई हजार मानिसको ज्यान गएको थियो । अपराधिक षडयन्त्र गरेको आरोप लागेका कतिपय नेताहरुको मृत्यु भइसकेको छ । मृत्यु भइसकेकाहरु माथि भने मुद्दा चलाइने छैन ।
भाजपाका संस्थापक मध्येका एक आडवाणीले सन १९९१ मा गुजरातस्थित सोमनाथ मन्दिरबाट एउटा रथयात्रा निकालेपछि बाबरी मस्जिदका बारेमा आन्दोलन चर्किएको थियो ।

आडवाणी अटलबिहारी बाजपेयी नेतृत्वको सरकारमा गृहमन्त्री थिए । सोही सरकारमा मानव संशाधन विकास मन्त्री रहेका मुरली मनोहर जोशी, मध्यप्रदेशकी पूर्व मुख्यमन्त्री तथा हाल नरेन्द्र मोदी नेतृत्वको सरकारमा केन्द्रीय मन्त्री रहेकी उमा भारती लगायतका नेताहरुलाई मुद्दा चलाउन अदालतले आदेश दिएको हो । सो घटनामा आरोपित मध्ये एक कल्याण सिंहलाई भने मुद्दा चलाउन नमिल्ने सर्वोच्च अदालतले स्पष्ट पारेको छ । बाबरी मस्जिद भत्काइएको समयमा उत्तर प्रदेशमा सरकारको नेतृत्व गरेका कल्याण सिंह हाल राजस्थानका राजपाल छन ।


सन २०१२ मा निधन भएका हिन्दुवादी राजनीतिक दल शिवसेनाका संस्थापक बाल ठाकरेलाई पनि सो घटनामा संलग्न रहेको सूचीमा राखिएको छ ।
उत्तरप्रदेश फैजावादका राज्यसभा सदस्य विनय कटियार,राष्ट्रिय स्वंयमसेवक दलको संगठन बिश्वहिन्दु परिषदले रामजन्मभूमि आन्दोलनका अगुवा अशोक सिंघल, गोरखपुरको गोरखनाथ मन्दिरका पूर्व महन्त अवैदयनाथको नाम पनि अपराधिक षडयन्त्र गर्नेको सूचीमा राखिएको छ । सिंघलको सन २०१५ मा निधन भइसकेको छ ।

अवैदयनाथ उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीका गूरु हुन । उनको पनि सन २०१४ मा निधन भइसकेको छ ।
यसैगरी गरिराज किशोर,महन्त नृत्य गोपाल,साध्वी ऋतम्भरा,आरएसएस नेता चम्पत राय,भाजपा नेता सतीश प्रधान,महामण्डलेश्वर जगदीश गुप्त,सीआर वंसल,भाजपाका पूर्व साँसद रामविलास वेदान्ति,बैकुण्ठ शर्मा,डाक्टर सतीशकुमार नागर लगायतका नेताहरु नाम पनि सूचीमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.