एयरबसको ५० हजार घन्टा उडान पूरा
सिंगापुरः एयरबस हेलिकोप्टरले नेपालमा ५० हजार घन्टा उडान पूरा गरेको छ । सात जना नेपाली अपरेटरले सामुहिक रूपमा उडाएर एयरबसले ५० हजार घन्टाको उडान पूरा गरेको हो । उक्त अवसरमा रोटरक्राफ्ट एसियामा गरिएको एक समारोहमा प्रत्येक अपरेटरले वरिष्ठ उपाध्यक्ष तथा दक्षिणपूर्वी एसिया तथा प्यासिफिक रिजनका प्रमुख फिलिप मोन्तबाट धन्यवाद स्वरूप मायाको चिनो प्राप्त गरेका थिए ।
‘एच १२५ ले हाम्रो मिसनको सम्पूर्ण आवश्कता पूरा गरेको छ', एअरलाइन्स अपरेटर एसोसियसन अफ नेपालका अध्यक्ष पवित्र कार्की भन्नुहुन्छ, ‘विश्वसनीयता र लागत प्रभावकारिताका लागि हामीले प्रतिस्पर्धात्मक वातावरणमा पनि उडानको उच्च मागको परिपूर्ति गर्न सफल भयौं ।' ‘नेपालले एच १२५ प्रति देखाएको विश्वासलाई हामी कदर गर्छौं', फिलिप मोन्तले भन्नुभयो, ‘नेपाली बजारलाई विश्वस्तरीय र सुरक्षित हेलिकोप्टर सेवा प्रदान गर्न हामी आफ्ना अपरेटर तथा स्थानीय नागरिक उड्डयन आधिकारीसँग मिलेर काम गर्न तत्पर छौं ।'
नेपाल आर्मी, श्री एयर, सिम्रिक एयर, फिसटेल एयर, डाइनेस्टी, हेली एभरेस्ट, माउन्टेन हेलिकोप्टर, अल्टिच्युड एअर र मनाङ एअरले वार्षिक रूपमा एयरबस हेलिकोप्टर्सको उडानमा १५ हजार घन्टाभन्दा बढी समय बिताएका छन् । नेपालमा एच १२५ को मिसन प्रोफाइलमा यात्रुबाहक यातायात सेवादेखि आपतकालीन उपचार सेवा पनि समावेश छन् ।