दिक्तेलमा पेट्रोल पम्प

दिक्तेलमा पेट्रोल पम्प

दिक्तेलः रुपाकोट मझुवागढी नगरपालिका–६ दिक्तेलमा नेपाल आयल निगमको आधिकारिक विक्रेताकारुपमा खोलिएको पेट्रोल पम्प सञ्चालनमा ल्याइएको छ । करिब दुई करोडको लगानीमा चौबीसै घण्टा खुला रहनेगरी हलेसी आयल ट्रेड एण्ड सप्लायर्स नामको पेट्रोल पम्प सञ्चालन गरिएको हो ।

स्थानीय महेन्द्र राई र ध्रुव श्रेष्ठको संयुक्त लगानीमा सञ्चालन गरिएको पेट्रोल पम्प बिहीबार सांसदद्धय विशाल भट्टराई र पाँचकर्ण राई (पिके)ले औपचारिक रुपमा रिबन काटेर उद्घाटन गरे । जिल्लामा पेट्रोल पम्प खुलेपछि जिल्लामै सस्तो मूल्यमा पेट्रोल र डिजेल खरिद गर्न पाइने भएको छ ।

पेट्रोल पम्प उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सांसद भट्टराईले जिल्लामा पहिलो पटक खोलिएको पेट्रोल पम्पले जिल्लाको समग्र विकासमा एउटा ईटा थपिएको उल्लेख गरे । 'ईन्धन अभावको बहानामा अधिकांश विकासे योजना रोकिएका छन् ।' उनले भने, 'अब जिल्लामै सस्तो मुल्यमा प्रयाप्त पेट्रोलियम पदार्थ पाइने भएपछि विकास निर्माणका कामले गति लिन्छ भन्नेमा हामी विश्वस्त बनेका छौं ।'

कार्यक्रममा अर्का सांसद पिके राईले पम्पले गुणस्तरमा ख्याल गर्नुपर्नेमा जोड दिए । 'जिल्लामा पहिलो पटक पेट्रोल पम्प खोखिएको छ ।' उनले, 'यसलाई दिगो र प्रभावकारी बनाउन गुणस्तरलाई ध्यान दिन जरुरी छ ।'
यसअघि ठूलो परिमाणको पेट्रोल वा डिजेल खरिद गर्न ठूला सहर पुग्नु पर्ने बाध्यता थियो । आयल निगमको पेट्रोल पम्प सञ्चालनमा आएपछि डिजेल र पेट्रोलको कालोबजारी रोकिने पम्पका प्रबन्धक महेन्द्रको दाबी छ ।

दिक्तेलस्थित रमितेडाँडामा खोलिएको पेट्रोल पम्पबाट अहिले डिजेल प्रतिलिटर ८५ रुपैयाँ ५० पैसा र पेट्रोल प्रतिलिटर ११३ रुपैयाँमा बिक्री भइरहेको छ । यसअघि डिजेल प्रतिलिटर १०० र पेट्रोल १५० मा बिक्री हुने गरेको थियो । पेट्रोल पम्प सञ्चालनमा आएपछि जिल्लामा ईन्धन अभाव देखाउँदै सडक, पुल लगायतका भौतिक संरचना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई अप्ठ्यारो पारेको छ । यसअघि जिल्लामा निर्माणाधिन विकासे योजनाका ठेकेदारले ईन्धन अभावको बहाना गर्दै विकास निर्माणका योजनामा ढिलासुस्ती गर्ने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.