हैजा लागेर दक्षिणी सुडानमा १७२ जनाको मृत्यु

हैजा लागेर दक्षिणी सुडानमा १७२ जनाको मृत्यु

जुवा: दक्षिणी सुडानका १४ ओटा प्रदेशमा हैजाका कारण १७२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले बिहीबार जनाएको छ ।

राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन १८ देखि अहिलेको अप्रिल १४ सम्ममा छ हजार २२२ ओटा हैजासम्वन्धी विरामी भेटिएको जानकारी दिनुभयो।

सुख्खा मौसमका बेलामा देशभरी यस्ता नयाँ विरामीहरु पनि थप देखिँदै गएको उहाँले बताउनुभयो। लगातारको द्वन्द्वका कारण विस्तापित हुनुपर्ने, विस्थापित भएका ठाउँमा खाना, पानी, सरसफाई राम्रो नहुने लगायतका कारणले हैजा हुने गरेको राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैवीच, श्रीङ्खलाबद्ध सशस्त्र आक्रमणमा परी दक्षिणी सुडानमा पूर्वी प्रदेश बोमामा अघिल्लो हप्ता मात्रै कम्तीमा ५५ जना आम नागरिकको मृत्यु भएको छ।

स्थानीय अधिकारीले त्यस अवधिमा अरु २० जना घाइते भएको र आठ हजारभन्दा बढी विस्थापित भएको बिहीबार जनाएका छन् ।

दक्षिणी सुडानका नानाम, कोङगोर र लुकोङगोलमा बिहीबारसम्म छापा मारिएको बोमा प्रदेशका सुचना मन्त्री जोहन अचोनले जानकारी दिनुभयो ।

दक्षिणी सुडानका लागि राष्ट्रसङ्घीय मिसन अनमिसले सुडानमा सरकारी पक्ष र विपक्षीबीच लडाइहरु भइरहेको जनाएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.