पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ: ट्रम्प

पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ: ट्रम्प

वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिसमा भएको घातक आक्रमणको फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पर्ने शुक्रबार बताउनुभएको छ । आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ।

“पेरिसमा भएको अर्को आतङ्कवादी हमलाका कारण फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पार्नेछ, ” अमेरिकी राष्ट्रपतिले फ्रान्सको आइतबार हुने निर्वाचनका विषयमा रहेको अमेरिकी मौनतालाई भङ्ग गर्दै ट्वीट गनुभएको छ। ट्रम्पको ट्वीट पेरिसमा एक बन्दुकधारी आक्रमणकारीले एक प्रहरीको मृत्यु भएपछिको केही घण्टापछि आएको छ।

फ्रान्सको राष्ट्रपतिका लागि आइतबार हुने पहिलो चरणको निर्वाचनको सिलसिलामा रक्तपातपूर्ण घटना हुनसक्ने भनी सतर्कता अपनाइरहेका बेला आईएसद्वारा आक्रमण भएको छ । सन् २०१५ पछि पटकपटक जिहादी अतिवादी समूहले फ्रान्सका विभिन्न ठाउँलाई लक्षित गरी आक्रमण गराएका छन् । पछिल्ला दुई वर्षको अन्तरमा २३० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

आक्रमणपछि फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धामा रहेका चार नेतामध्ये तीन जना ले पेन, इमान्युयल म्याक्रोन, फ्रास्वाँ फिलनले शुक्रबारका लागि तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन्। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.