आइएस लडाकूद्वारा पेरिसमा आक्रमण

आइएस लडाकूद्वारा पेरिसमा आक्रमण

पेरिस: पेरिसमा बिहीबार बेलुका भएको आतङ्ककारी आक्रमणको घटनाको अतिवादी समूह इस्लामिक स्टेट (आइएस) लडाकूहरुले जिम्मा लिएका छन्।

घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

फ्रान्सको गृह मन्त्रालयका प्रवक्ताले उक्त आक्रमणका क्रममा आक्रमणकारीले कारबाट ओर्लेर स्वचालित हतियारद्वारा गोली प्रहार गरेको बताउनुभयो।

उहाँले घटनामा संलग्नहरुको खोजी र अनुसन्धानकार्य अगाडि बढाइसकिएको जानकारी दिनुभयो।

प्रहरीले घटनास्थलबाट विभिन्न दृष्टीकोणले घटनाका बारेमा अध्ययन गरिरहेको र प्रमाणहरु संकलन गरेको उहाँले बताउनुभयो।

उक्त हमलापछि फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ अलान्दले सुरक्षा परिषद्को बैठक बोलाइएको जानकारी दिनुभयो।

उहाँले ट्विटरमार्फत् घटनामा मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेहरुप्रति सहानुभूति र सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

राष्ट्रपतीय चुनावको पहिलो चरणको मतदान हुनु केही दिन अघि यस्तो घटना भएको हो । घटनापछि पेरिसमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.