भेनेजुयलामा प्रदर्शनका क्रममा १२ जनाको मृत्यु

भेनेजुयलामा प्रदर्शनका क्रममा १२ जनाको मृत्यु

काराकास : भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले शुक्रबार पुष्टी गरेका छन् ।जारी गरिएको विज्ञप्तीमा आन्दोलनका क्रममा भएको हिंसामा परी बिहीबार राति र शुक्रबार विहान ११ जनाको काराकासमा मृत्यु भएको जनाइएको छ।अर्का एक जनाको भने मिरन्डा प्रदेशको पेटरेमा मृत्यु भएको बताइएको छ ।

गत अप्रिल १९ देखि यता यसअघि आन्दोलन र प्रदर्शनकै क्रममा तीन जनाको मृत्यु भएको थियो।
आन्दोलनमा भएका झडपमा परी अहिलेसम्म ६८ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । मृत्यु भएका घटनाको अध्ययन अनुसन्धान गर्नका लागि पाँच सदस्यीय टोली खटाइएको पनि उनीहरुले जानकारी दिएका छन् ।
भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोले मुलुकलाई आर्थिक र राजनीतिक सङ्कटमा पारेको भन्दै विपक्षीले उहाँका विरुद्धमा प्रदर्शन गरिरहेका छन् ।
उपराष्ट्रपति तारेक इल एैसामीले हिंसा र प्रदर्शनलाई रोक्ने प्रयास विभिन्न तरिकाबाट भइरहेको शुक्रबार पत्रकारहरुलाई जानकारी दिनुभयो । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.