अफगानिस्तानमा १५० सैनिकको मृत्यु

अफगानिस्तानमा १५० सैनिकको मृत्यु

काबुल : तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा नास्ता गरिरहेका अन्य सैनिकहरुलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
एक जना उच्च सैन्य अधिकारीले आक्रमणमा परी १५० जना सैनिकको मृत्यु भएको र अरु दर्जनौ घाईते भएको एएफपीलाई बताउनु भयो ।
तालेबानीहरुले आफ्ना आक्रमणकारीले विस्फोन गराएको र आत्मघाति हमलाकारीले उक्त सैन्य शिविरको सुरक्षा घेरा तोडेको बताएका छन् ।
मजार ए शरिफमा रहेको सैन्य अखडा अफगान राष्ट्रिय सेनाको २०९ औँ पल्टन बस्ने गरेको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा समर्थन प्राप्त सरकारले तालीबान र अरु विद्रोही समूहसँग लामो सयमदेखि लडाइँ गरिरहेको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.