आइएसको निशानामा भारतीय प्रधानमन्त्री मोदीको संसदीय क्षेत्र

आइएसको निशानामा भारतीय प्रधानमन्त्री मोदीको संसदीय क्षेत्र

एजेन्सी: भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीको संसदीय निर्वाचन क्षेत्र वाराणसी इस्लामिक स्टेट लडाकु(आइएस)को निशानामा परेको छ। पाकिस्तानी खुफिया एजेन्सी आइएसआइले अपरेशन 'कृष्ण इन्डिया' अपरेशन मार्फत नेपालको बोर्डर प्रयोग गर्दै निशानामा पारेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

भारतीय चर्चिच पत्रिका अमर ऊजालाको अनलाइन संस्करणमा बताइए अनुसार खुफिया एजेन्सीले आइएससँग मिलेर उक्त आतंकित गतिविधि बढेको हो। उक्त गतिविधि बढ्दै गएपछि मध्‍यप्रदेशमा सेनाले सुरक्षा सतर्कता उच्च बनाएको छ। मध्‍य प्रदेशको काशीसँगै अयोध्‍या, मथुरा, ताजमहल तथा प्रदेशको सबै विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ।

युपी प्रहरीले पठाएको पत्रमा मध्‍य प्रदेश प्रहरीले भनेका छन् की फेब्रुअरी सन् २०१७मा नेपालको बोर्डरको बाटछो हुँदै आइएसका २० देखि २५ आइएसका आतंकारी जोगीको भेषमा प्रवेश गरेको छ। यस्तै आतंकवादीहरु कृष्ण इन्डियाको नामबाट सबै हिन्दू प्रतीक धारण गर्दै आएका छन्।

बताइए अनुसार आइएसका संयोजक गौस मोहम्मद लखनऊमा करन खत्रीको नाम राखेर बस्दै आएका छन्। उसलाई गत मार्च महिनामा पक्राउ गरिएको
वाराणसीका डीआईजी विजय भूषणले बताउनुभएको छ। उहाँले भन्‍नु भएको छ, ' खुफिका एजेन्टहरु खासगरी बोर्डर एरियाबाट हिन्दूको भेषमा प्रवेश गरिरहेका छन्। उनीहरु खण्डवा जेलबाट भागेका आतंबादीहरु हुन्।'

यता, यो सूचना सन् २०१४ नोभेम्बर १२ मा बिजनौरमा भएको आइआइडी विस्फोटपछि प्राप्त भएको मध्य प्रदेश प्रहरीले बताएको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.