राउटेलाई भेटेर स्वास्थ्यमन्त्रीले भन्नुभयो : उपचारको व्यवस्था सरकारले गर्छ

राउटेलाई भेटेर स्वास्थ्यमन्त्रीले भन्नुभयो : उपचारको व्यवस्था सरकारले गर्छ

काठमाडौं : ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेट्नु भएको छ।

कपिल आगोले जलेर केही महिनादेखि थलिनु भएको थियो। अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते हुनु भएको थियो।

उहाँलाई बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको पहलमा उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।

स्वास्थ्यमन्त्री थापाले कपिलको सम्पूर्ण उपचार राज्यले गर्ने बताउनु भयो। ‘संरक्षण गनुपर्ने समुदाय भएकोले उहाँको सबै उपचार राज्यले गर्छ’ थापाले भन्नुभयो, ‘उपचारमा कुनै कमी हुने छैन।’

राउटे समुदायको लागि निशुल्क स्वास्थ्य विमा गरिने पनि थापाले बताउनु भयो। विमाको सबै शुल्क राज्यले व्यहोर्ने गरी उनीहरुको विमाको व्यवस्था गरिने मन्त्री थापाले प्रष्ट पार्नुभयो।

उनीहरुका लागि पोषण युक्त खानेकुराको व्यवस्था गर्न पनि कार्ययोजना बनाइने थापाले बताउनु भयो। राउटेको लागि घुम्ती स्वास्थ्य क्लिनिकको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो।

अस्पतालसम्म आउन नमान्ने भएका कारण उनीहरु बसेकै स्थानमा चिकित्सकसहितको घुम्ती स्वास्थ्य सेवा दिइने पनि उहाँले बताउनु भयो। उहाँले उपचार पुरा नभई घर नफर्किन आग्रह गर्नु भएको छ।

राउटे बस्तीमा विरामी अवस्थामा रहेकी राउटे मुखिया मैनबहादुर शाहीकी छोरीलाई उपचारको लागि अस्पताल ल्याउन एम्बुलेन्स व्यवस्था गर्न उहाँले त्यहीबाट संबन्धीत ठाउमा निर्देशन दिनु भएको छ।

राउटे समुदायको स्वास्थ्यको बारेमा सरकार चिन्तित रहेको बताउँदै विषेश समुदायको लागि छुट्टै बिषेश कार्ययोजना बनाइने उनको भनाइ थियो।

आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि काठमाडौं ल्याइएको हो। उहाँलाई राउटे उत्थान प्रतिष्ठान, उपराष्ट्रपतिका छोरा पुन र एनआरएन बेल्जीयमका महासचिव लोक दाहालको पहलमा उपचारको लागि काठमाडौं ल्याइएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.