लोकप्रियतामा गिरावट आएपछि दक्षिणपन्थी दलको सम्मेलनमा तनाव

 लोकप्रियतामा गिरावट आएपछि दक्षिणपन्थी दलको सम्मेलनमा तनाव

एजेन्सी: जर्मनीको आप्रवासविरोधी अल्टरनेटिभ फ्युर डोयचलान्ट पार्टीकी नेतृले सो दलको जारी सम्मेलनमा ठूलो पराजय बेहोरेकी छन्।सम्मेलनका प्रतिनिधिले राजनीतिक गठबन्धन निर्माण गर्ने नेतृ फ्राउक पेट्रीको प्रस्ताव अस्वीकार गरिदिएका छन्।

कोलोन शहरमा एएफडी पार्टीको सम्मेलन स्थलबाहिर घेरा हालेर बसेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।नेतृ पेट्रीले गठबन्धनको प्रस्ताव गरेपनि मूलधारका सबै पार्टीले एएफडीसँग गठजोड गर्न अस्वीकार गरेका छन्।

बीबीसीका अनुसार जनमत सर्वेक्षणहरुका अनुसार पछिल्लो समय उक्त पार्टीको लोकप्रियतामा भारी गिरावट आएको छ।१५ प्रतिशतबाट उसको लोकप्रियता ७ देखि ११ प्रतिशतमा खुम्चिएको जनमत सर्वेक्षणहरुले देखाएका छन्।

कोलोन शहरको एउटा होटलमा एएफडी पार्टीको दुईदिने सम्मेलन भइरहेको छ।इस्लामविरोधी पार्टीका रुपमा पनि चिनिने उक्त दक्षिणपन्थी दलले आसन्न आमनिर्वाचनका लागि नयाँ नेतृत्व चयन गर्ने बीबीसीले जनाएको छ।सुरक्षाका लागि झण्डै चार हजार प्रहरी परिचालन गरिएको छ।

होटलभित्र प्रवेश गर्न लागेका प्रतिनिधिहरुलाई जोगाउन खोज्ने क्रममा एकजना र झडपका क्रममा अर्का प्रहरी घाइते भएका छन्।
यसअघि पार्टी नेतृ फ्राउक पेट्रीले नेतृत्वप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेकी थिइन्।

वामपन्थी तथा गिर्जाघरहरुले आफ्नो पार्टीलाई खराब रुपमा चित्रण गरिरहेको उनले आरोप समेत लगाइन्।पेट्रीले सेप्टेम्बर महिनामा हुने अर्को चरणको निर्वाचनमा आफू नउठ्ने उल्लेख गरिन्।

"नाजीहरुलाई रोक" लेखिएको ब्यानरसहित शनिबार प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रिएका थिए।

प्रहरीले ५० हजार मानिसहरु प्रदर्शनमा उत्रिने अपेक्षा गरेको गरिएको बीबीसीले जनाउको छ।उनीहरुले सम्मेलन स्थलबाहिरको अवस्थालाई "तनावयुक्त" भनेका छन्।

कोलोनका प्रहरी प्रमुखले प्रदर्शनकारीमा "कैयौं हजार वामपन्थी अतिवादीहरु" र "कैयौं सय हिंसात्मक मान्छेहरु" पनि सहभागी हुन सक्ने बताएका छन्।
प्रहरीले सम्मेलन भइरहेको होटलको प्रवेशद्वारबाट प्रदर्शनकारीलाई परै रोकेका छन्। गत वर्ष एएफडीको सम्मेलनका क्रममा सयौं प्रदर्शनकारी पक्राउ परेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.