२४ अर्बको बोनस सेयर

 २४ अर्बको बोनस सेयर

काठमाडौः चालू आर्थिक वर्षको वैशाख ५ गतेसम्म नेप्सेमा सूचीकृत कम्पनीले २३ अर्ब ८१ करोड ८० रुपैयाँ बराबरको बोनस सेयर दिने भएका छन् । २४ करोड २९ लाख १९ हजार पाँच सय ४२ कित्ता बोनस सेयर लगानी कर्तालाई प्रदान गर्न एक सय ३० वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा दर्ता गराएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

कम्पनीहरूले आफूले आर्जन गरेको खुद नाफाबाट प्रत्येक वर्ष सेयरधनीलाई निश्चित प्रतिशत लाभांश बाँढ्ने गर्छन् । कम्पनीले बोनस सेयर वितरण गर्दा नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा दर्ता गराउनुपर्ने प्रावधान छ । नगद लाभांश भने दर्ता गराउनुपर्दैन ।नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले बोनस र हकप्रद सेयरलाई बढी प्राथमिकतामा राखेर कार्ययोजना बनाइरहेका छन् । कतिपय कम्पनीले ठूलो मात्रामा एफपीओको माध्यमबाट पनि चुक्ता पुँजी बढाउने योजना बनाएका छन् । राष्ट्र बैंकले चालू आवको अन्त्यसम्म ‘क' वर्गका वाणिज्य बैंकलाई आठ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउन अनिवार्य भएकाले आकर्षक बोनस दिने क्रम जारी छ ।

बार्डको तथ्यांकअनुसार सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकलले एक अर्ब ४९ करोड १४ लाख दुई हजार सात सय रुपैयाँ बराबरको १४ करोड ९१ लाख चार हजार २७ कित्ता बोनस सेयर दर्ता गराएको छ । समग्रमा सबैभन्दा बढी रकमको बोनस सेयर दर्ता गराउनेमा नेपाल इन्भेस्टमेन्ट बैंक परेको छ । इन्भेस्टमेन्टले गत वर्षको कमाइबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस दिएको हो ।

यस्तै, धेरै रकमको बोनस सेयर दर्ता गराउनेमा सिद्धार्थ बैंक दोस्रो स्थानमा छ । सिद्धार्थ बैंकले एक अर्ब ४७ करोड ३२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड ४७ लाख ३२ हजार ६ सय कित्ता बोनस सेयर धितोपत्र बोर्डमा दर्ता गराएको हो । सिद्धार्थले ३९ प्रतिशत बोनस सेयर दर्ता गराएको छ । प्रतिशतका आधारमा गत वर्ष वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै बोनस पनि सिद्धार्थले नै दिएको हो ।

सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकलले एक अर्ब ४९ करोड १४ लाख दुई हजार रुपैयाँ बराबरको १४ करोड ९१ लाख चार हजार २७ कित्ता बोनस सेयर दर्ता गराएको छ ।

नबिल बैंकले पनि एक अर्ब ४२ करोड ८९ लाख ३७ हजार रुपैयाँको एक करोड ४२ लाख ८९ हजार तीन सय ७४ कित्ता बोनस सेयर दर्ता गरेको छ । यस्तै, सनराइज बैंकले एक अर्ब ३२ करोड ५३ लाख ४८ हजार आठ सय रुपैयाँको एक करोड ३२ लाख ५३ हजार चार सय ४८ कित्ता बोनस सेयर दर्ता गराएको छ ।

नबिलले ३० र सनराइजले ३३.३३ प्रतिशत बोनस सेयर दर्ता गराएका हुन् । एनआईसी एसियाले एक अर्ब २० करोड आठ लाख ८० मूल्य बराबरको एक करोड २० लाख आठ हजार कित्ता बोनस सेयर निष्कासन गर्न लागेको हो । बैंकले २६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

 

बिमा समूहतर्फ नेपाल लाइफ इन्स्योरेन्सले आम लगानी कर्तालाई सबैभन्दा बढी बोनस सेयर दिएको छ । इन्स्योरेन्सले ४३ करोड ३५ लाख रुपैयाँ बराबरको ४३ लाख ३५ हजार कित्ता सेयर बार्डमा दर्ता गराएको छ । नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको २५ प्रतिशत बोनस सेयर भदौ १५ गते दर्ता गराएको हो । यस पटकको बोनस सेयर भने इन्स्योरेन्सले दर्ता गराएको छैन ।

शिखर इन्स्योरेन्सले ३० करोड ७७ लाख ७१ हजार रुपैयाँ बराबरको ३० लाख ७७ हजार सात सय १० कित्ता बोनस सेयर फागुन ११ गते दर्ता भएको छ । नेसनल लाइफ इन्स्योरेन्सले ३० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । ३० करोड ५७ लाख ३७ हजार मूल्य बराबरको ३० लाख ५७ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

विकास बैंकतर्फ सबैभन्दा बढी रकमको बोनस सेयर दर्ता गराउने सिद्धार्थ डेभलपमेन्ट बैंक हो । जनता बैंकले किन्न लागेको सिद्धार्थले २७ करोड ४६ लाख ७७ हजार छ सय रुपैयाँ बराबरको २७ लाख ४६ हजार सात सय ७६ कित्ता सेयर दर्ता गराएको छ । सिद्धार्थले लगानीकर्तालाई २४ प्रतिशत बोनस सेयर दिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.