फ्रान्सको चुनाव प्रभावित पार्ने दाउमा रसिया

फ्रान्सको चुनाव प्रभावित पार्ने दाउमा रसिया

वासिङटन : फ्रान्सको राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गर्न रसियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्वाचन अभियानका सहयोगीहरूसहित विदेश नीति तयार पार्न सहयोगी कार्टर पेजको प्रयोग भएको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनले शनिबार सार्वजनिक गरेको रिपोर्टमा अमेरिकी गुप्तचर संस्था एफबीआईको सहायता आएको जानकारीअनुसार ट्रम्पको चुनावी अभियानका सहयोगी तथा रसियाली अधिकारीले फ्रान्सको निर्वाचन प्रभावित पार्ने कोसिस गरेको बताइएको छ । अमेरिकी अधिकारीले सीएनएनसँग अमेरिकी राष्ट्रपति निर्वाचनमा सन् २०१६ मा रसियाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध परिचालित गरिएको आरोप लागेका कार्टर पेजले आफूलाई फ्रान्सको निर्वाचन प्रभावित पार्न प्रयोग गरिनसक्ने सम्भावनाप्रति सचेत रहेको जनाएको छ ।

 

रसियाली एजेन्टले कार्टर पेजलाई आफ्नो वास्तविक परिचय नखुलाइकनै अमेरिकी निर्वाचनका विषयमा जानकारी लिएको हुन सक्ने सम्भावना रहे पनि पेजले भने रसियाली अधिकारीसँग सम्बन्ध राखेको वा उनीहरूसँग मिलेर अघि बढेको भन्ने आरोपको खण्डन गरिरहनुभएको छ ।

गतवर्ष मस्कोस्थित एक विश्वविद्यालयमा दिएको मतव्व्यमा अमेरिकाको रसिया नीतिका सम्बन्धमा आलोचनात्मक विचार व्यक्त गरेपछि अमेरिकी गुप्तचर संस्था एफबीआईले पेजमाथि थप निगरानी बढाएको थियो ।तर पेज ट्रम्पका चुनावी अभियानका कैयौँ सल्लाहकारमध्ये एक हुनुभएको र अमेरिकी तथा युरोपेली गुप्तचर निकायले गरेका आशंकाजस्तै रसियाली अधिकारी र क्रियाशील अन्य व्यक्तिका क्रियाकलापका सम्बन्धमा शंका गर्न सकिने ठाउँहरु प्रशस्तै रहेको सीएनएनले बताएको छ ।एफबीआई अधिकारीका अनुसार पेजले रसियाली भिक्टर पोडोनमाईलाई सन् २०१३ मा भेट गरेको र यसपश्चात् एफबीआईले उहाँमाथि निगरानी बढाइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.