भक्तपुरे जुजु धौँ संकटमा

भक्तपुरे जुजु धौँ संकटमा

भक्तपुर : कुनै समय देश-विदेश सबैतिर ख्याति कमाएको भक्तपुरको जुजु धौँ अहिले संकटमा पर्न थालेको छ । पशुपालनमा आर्कषित किसानको घरमा गत वर्षको भूकम्पपछि गाईभैंसी राख्ने ठाउँको अभाव भई दूध उत्पादनमा कमी आएकाले जुजु धौँ संकटमा पर्न थालेको हो । लोकेश्वर दूध सहकारी सस्थाका मध्यस्थकर्ता नवराज नेपालले भूकम्पपछि पशुपालन गर्ने कृषकको कमी भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘भूकम्पपछि कतिपय कृषकको गोठ नै छैन । उनीहरूले बाध्य भएर गाईभैंसी बेचेका छन् । दुई वर्षपहिले मैले प्रतिदिन एक हजार लिटर दूध ल्याउथेँ अहिले सात सय लिटर मात्र ल्याउने गरेको छु ।'

भक्तपुर लिवालीका सैंजू दही भण्डारका सञ्चालक रामदेवी सैंजूले भूकम्पपछि दही बनाउन दूधको समस्या रहेको बताउनुभयो । उहाँले दहीको लागि आवश्यक दूधको कमी रहेको बताउँदै भन्नुहुन्छ, ‘भूकम्पले दूध उत्पादनमा कमी भएको छ । दहीको लागि भैंसीको दूध उपयुक्त भए पनि गाउँघरमा भैंसीपालन घट्दै गएको छ । अझ गर्मी महिनामा त झन दूध फाट्ने समस्या छ ।'

यहाँको दही काठमाडौं, पाटनलगायत उपत्यकाबाहिर विदेशमासमेत निर्यात हुने गर्छ । आवश्यक दूध कलमसी, नाला, ताथली, छालिङ्, जीतपुरलगायतका विभिन्न ठाउँबाट ल्याउने गरिन्छ । दहीको लागि दूध, चिनी, माटोको भाडा, प्लास्टिकको भाडालगायतका सामग्री आवश्यक पर्ने दही व्यवसायीले उल्लेख गरे।

 

दही उत्पादक कृष्णगोपाल सैंजूले दैनिक ५-६ सय लिटर दही बनाउने गरेको बताउनुभयो । उहाँले गर्मीयाम चाडपर्व, विवाह, ब्रतबन्ध तथा भोजमा दहीको माग बढ्ने बताउनुभयो ।नालाका कृषक राजकुमार बज्राचार्यले भूकम्पपछि दूध उत्पादन घटेको जानकारी गराउनुभयो । ‘पहिले दिन २४ लिटर दूध बेच्थे । यो अहिले घटेर दिनको १२ लिटर मात्र बेच्ने गरेको छु', उहाँ भन्नुहुन्छ, भूकम्पले गर्दा गोठ भत्कियो । भएको गोठ भत्किएपछि अस्थायी गोठ बनाएर गाई पालेको छु । ठाउँ नभएर एउटा गाई बेचेर दुईवटा गाई पालेको छु ।'

त्यस्तै स्पेसल जुजु धौँका बलराम मर्धीकर्मी बताउनुहुन्छ, दैनिक रूपमा ८० लिटर दूध लिए पनि १, २ लिटर खानको लागि प्रयोग गरी बाँकी सबै दही बनाउने गरेको उहाँ बताउनुहुन्छ । मासुभन्दा दहीको माग बढ्न थालेकाले विभिन्न ठाँउबाट मानिस दही किन्न यहाँ आउने गरेको उहाँले उल्लेख गर्नुभयो।
भूकम्पपहिले दिनको १५ लिटर दूध बेचेको थिए तर अहिले दिनमा १० लिटर दूध बेच्ने गरेको बताउनुहुन्छ । सिपाडोलका कृषक सर्मिला त्याटले भूकम्पपछि एउटा मात्र गाई पालेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.