सिवातालार्इ सम्झेर..

सिवातालार्इ सम्झेर..

काठमाडौः धेरैजसो अभिभावक सन्तानका लागि सपना देख्छन् । उनीहरूबाट आफ्नो सपना पूरा गर्छन् । केहीले सन्तानको सपना पूरा गर्छन् । ललितकला प्रज्ञाप्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले गत वर्ष निधन भएकी छोरीको सपना पूरा गर्न खोज्दैछिन् । यसका लागि उनले शिवाताको जन्मदिन पारेर शनिबार ‘शिवाता लभ फाउन्डेसन' स्थापना गरेकी छन् ।

फाउन्डेसनमार्फत तीन विद्यार्थीलाई छात्रवृत्ति दिएर रागिनीले छोरीको सपना पूरा गर्दैछिन् । छोरीको हातमा ‘इन माई ड्रिम' लेखेर बनाएको टाटु देख्दा त्यति बेला उनले त्यो सपनाको कल्पना गर्न सकेकी थिइनन् । छोरीको सपना शिक्षाको ज्योति बाँडेर पूरा गर्ने अठोट रागिनीले गरेकी छन् । ‘थुप्रै शिवातालाई शिक्षाको प्रकाश छर्न सकूँ', उनले भनिन्, ‘योभन्दा ठूलो बर्थ डे गिफ्ट के हुनसक्छ ।'

नेदरल्यान्डमा इन्टरनेसनल कम्युनिकेसन पढिरहेकी शिवाताको मेनेन्जाइटिसका कारण मृत्यु भएको थियो । कार्यक्रममा सांगीतिक एल्बम ‘रंग रागिनी' पनि विमोचन गरिएको थियो । रागिनीले आठ वर्षअघि जीवन, समय, महिलाका विषयमा लेखेका गीतहरू एल्बममा समावेश छन् । कार्यक्रममा निशा देशारले एल्बममा समावेश गीत ‘गाईजस्तै बिक्छु म बम्बईको बजारमा' गाएकी थिइन् ।

चेलीबेटी बेचबिखनको विषयमा लेखिएको यो गीत सुनेर कार्यक्रमकी प्रमुख अतिथि तथा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले बेचबिखनको गन्तव्य परिवर्तन भएको बताइन् । उनले पहिले छोरीहरू भारतमा बेचिन्थे अहिले इराक, इरान, सिरिया, तान्जानिया लगायतका देशमा बेचिन थालेको बताइन् । युद्धमा पुगेका पुरुषलाई ‘रिल्याक्सेसन'का लागि छोरीहरू बेचिन थालेको उनको भनाइ थियो । नेपालमा डान्स बार, क्याबिन रेस्टुराँमा हुने गरेको वेश्यावृत्ति कम गर्न शिक्षाकै आवश्यकता भएको पनि उनले बताइन् ।

धेरैपटक देशका नेतासँग यसबारे कुरा गरे पनि उनीहरूले कुर्सीमोहका कारण समाधान नगरेको अनुराधाले बताइन् । शिवाता लभ फाउन्डेसनले छोरीहरूको शिक्षाका लागि सुरु गरेको छात्रवृत्ति यो समस्या सामाधानका लागि कोशेढुंगा साबित हुने विश्पास पनि उनले व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.