एनएमबी बैंकको हेरिटेज वाक

एनएमबी बैंकको हेरिटेज वाक

कठमाडौं : एनएमबी बैंकले काठमाडौं महानगरपालिकाको सहकार्यमा छैठौं एनएमबी बैंक हेरिटेज वाक आयोजना गरेको छ । शनिबार भएको उक्त कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ५ वर्षदेखि बैंकले आयोजना गर्दै आएको छ । वाकको मुख्य उद्देश्य आम मानिस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउने तथा तिनको उचित संरक्षण गर्ने रहेको छ ।

कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख इश्वरराज पौडेल, पुरातत्व विभागका प्रमुख भेषनारायण दाहाल, बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा गर्नुभएको थियो ।

हेरिटेज वाकको कार्यक्रम नक्साल नागपोखरीबाट सुरु भई बसन्तपुर दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा सांस्कृतिक सम्पदाको संरक्षण र महत्वका बारेमा अतिथिले आ–आफ्नो धारणा राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्पदा संरक्षणका लागि प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण अतिथि तथा सहभागीलाई विशेष धन्यवाद दिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.