केबलकारको अनुमति अन्योलमा

केबलकारको अनुमति अन्योलमा

काठमाडौंः नयाँ केबुलकार अनुमति प्रक्रिया अन्योलमा परेको छ । सञ्चालनमा रहेका र नयाँ दर्ता भएर सुरु हुने केबलकारसँग शुल्क लिने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत नभइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फिर्ता भएपछि यस्तो अवस्था आएको हो । भौतिक योजनाले नेपालमा करिब दुई दशकदेखि सञ्चालन भएका, भर्खरै सेवा सुरु गरेका र नयाँ अनुमति लिने सबै केबलकारका लागि दर्ता, नवीकरण, वार्षिक रोयल्टीसहितको शुुल्क लिएरमात्रै सेवा सञ्चालन गर्न दिने प्रस्तावसहित अर्थ मन्त्रालयसमक्ष सहमति मागेको थियो ।

भौतिक मन्त्रालय स्रोतका अनुसार ऐनमा नै राख्नुपर्ने विषयलाई कार्यविधिबाट लागू गर्न खोजेको भन्दै अर्थले स्वीकृति दिएन । केबलकारले सरकारलाई वार्षिक शुल्क र रोयल्टी तिर्नुपर्ने व्यवस्था राखेको ‘केबलकार सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ फिर्ता गरेपछि नयाँ दर्ताका गर्न लाइनमा रहेको केबलकारको भविष्य अन्योलमा परेको छ ।

केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न र सञ्चालन अनुमति लिनसमेत गरेर तीन चरणमा शुल्क बुझाउने गरी कार्यविधि तयार पारेर भौतिकले अर्थ पठाएको थियो । अर्थले भौतिक योजना तथा यातायात मन्त्रालयले तयार पारेको यो कार्यविधिमा केबलकारको वार्षिक नवीकरण गर्नुपर्ने, यात्रु सेवाका आधारमा वार्षिक न्यूनतम दुई प्रतिशतको रोयल्टी तिर्नुपर्ने व्यवस्थासहितको विषय समेटिएको छ । यो व्यवस्था भएकाले पनि यातायात ऐनमा राख्ने नयाँ बनाउने वा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर कार्यान्वयन गर्ने भन्ने विषयमा भौतिक मन्त्रालयले निर्णय गरेको छैन ।

भौतिक मन्त्रालयका उच्च अधिकारीका अनुसार १५ वर्षसम्म न्यूनतम दुई प्रतिशतसम्मको रोयल्टी तोकिएको, त्यसपछि रोल्यल्टी शुल्क पनि बढाउने गरी कार्यविधि तयार पारेर अर्थ र कानुन मन्त्रालयमा सहमतिको निम्ति पठाइएको थियो । मन्त्रालय स्रोतका अनुसार यो कार्यविधि अब भौतिक मन्त्रीसमक्ष पेस गर्ने र मन्त्रिपरिषद्बाट स्वीकृति गराएर कार्यान्वयनमा ल्याउन सक्ने विकल्प रहेकाले सोहीअनुसारको गृहकार्य पनि भइरहेको छ ।

एक दर्जनभन्दा बढी कम्पनीले केबलकार सञ्चालनका लागि भौतिक योजना मन्त्रालयमा आवेदन दिएका छन् ।


नेपालमा मनाकामना केबलकार सञ्चालमा आएको डेढ दशकपछिचन्द्रागिरि केबलकार सञ्चालनमा आएको हो । यसपछि पोखरामा अन्नपूर्ण केबलकार, दोलखामा कालिन्चोक दर्शन केबलकार, ताप्लेजुङमा पाथीभरा केबलकार सञ्चानलका लागि आवश्यक तयारी भइरहेको छ । यी बाहेक एक दर्जनभन्दा बढी कम्पनीले केबलकार सञ्चालनका लागि भौतिक योजना मन्त्रालयमा आवेदन दिएका छन् ।

 

विसं २०७२ फागुनदेखि केबलकार दर्ता र निर्माण स्वीकृति भौतिक योजना तथा यातायात मन्त्रालयले दिने सरकारी निर्णय भएपछि त्यसयताका सबै अनुमति रोकिएको छ । त्यसअघि पर्यटन विभागले केबलकार सञ्चालन तथा निर्माणको स्वीकृति दिने गरेको थियो । मन्त्रालयसमक्ष केबलकार निर्माणको चरणमा रहेको भन्दै आवेदन दिनेमा कालिन्चोक दर्शन लिमिटेड, अन्नपूर्ण केबलकार, पाथीभराको त्रिवेणी केबलकार, इलाम पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शन, त्रिवेणी केबलकारले अनुमति मागेका छन् ।

मन्त्रालयमा अनुमति माग्ने अन्य केबलकारमा मौलाकालिका डेभलपमेन्ट, त्रिवेणी केबलकार, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुक्तिनाथ दर्शन, घ्याम्पेफेदी गोसाइँकुण्ड केबलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबलकारसहितका कम्पनी छन् । मन्त्रालयले अनुमति तथा सम्भाव्यता अध्ययन गर्न अनुमति माग्ने सबै कम्पनीलाई केबलकार सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माणाधीन अवस्थामा रहेकाले सो कार्यविधि सम्पन्न भएपछि मात्रै अनुमति दिने भनेर रोकिएको छ । कार्यविधि नै नआएपछि केबलकार निर्माण तथा सञ्चालनको अनुमति अन्योलमा परेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.