माथिल्लो तामाकोसी आयोजनाः१५ महिनाभित्र काम सक्न निर्देशन

  माथिल्लो तामाकोसी आयोजनाः१५ महिनाभित्र काम सक्न निर्देशन

चरीकोटः नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम २०७५ सालको असार महिनाभित्रमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोजनास्थल लामाबगर पुग्नु भएका घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गर्दै एकीकृत तालिका बनाएर काम गरी २०७५ को असारभित्र पूरा गर्न निर्देशन दिनुभएको हो ।

राष्ट्रिय गौरवको आयोजना भएकाले काम तीन चरणमा थाल्न र दुई सिफ्टको कामलाई तीन सिफ्टमा विस्तार गर्न आवश्यक वातावरण बनाउन प्राधिकरण र प्रवद्र्धक तयार रहेको उहाँको भनाइ छ । घिसिङले आयोजनामा आइपर्ने समस्या समधान गर्न सम्बन्धित निकायसगँ आफूले कुरा गर्ने बताउँदै ढुक्कसँग आयोजनाको काम गर्न सबै निकायलाई आग्रह गर्नु भएको छ । उहाँले तामाकोसी आयोजनालाई नै लक्षित गरी लामाबगरमा बोर्ड बैठक राख्नुभयो । चार सय ५६ मेगावाटको यो जलविद्युत् आयोजनाको पहिलो युनिट विसं २०७५ को असारसम्म सञ्चालनमा आउनेछ । पुसबाट यसले पूर्णक्षमतामै विद्युत् उत्पादन थाल्नेछ ।

दोलखाको लामाबगरमा निर्माण भइरहेको आयोजनाको काम ८८ प्रतिशत सम्पन्न भइसकेको छ ।

दोलखाको लामाबगरमा निर्माण भइरहेको आयोजनाको काम ८८ प्रतिशत सम्पन्न भइसकेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको समस्या पहिचान गरी निर्धारित समयमा सम्पन्न गर्न भन्दै सञ्चालक समिति आयोजनास्थलमा पुगेको छ । तामाकोसी जलविद्युत् कम्पनीका अध्यक्ष समेत रहनुभएका घिसिङले लक्षित समय अगावै तामाकोसी सञ्चालनमा ल्याउन के, कसले गर्नुपर्ने भन्नेबारे परार्मशदता, ठेकेदार र आयोजनाका अधिकारीसँग सुझाव माग्नु भएको छ ।

आयोजनास्थलमा नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधि समेत सहभागी थिए । आयोजनामा यी संस्थाले लगानी गरेका छन् । आयोजनास्थलमा पुगेका घिसिङलाई आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले सामान ढुवानीका लागि समस्या भएको बताउनुभयो ।

 

उहाँले वर्षात् अघि नै आयोजनाको लट २ को हाइड्रोमेकानिकल र लट ३ को इलेक्ट्रोमेकानिकलको सामान ल्याइसक्नुपर्नेमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौउरदेखि चरीकोटसम्म धेरै गाह्रो हुने गरेको बताउनुभयो । यो सडक खण्डमा गाडी फसेर सातासम्म अलपत्र पर्ने गरेको छ।

आयोजनामा हालसम्म ३३ अर्ब ३२ करोड रुपैयाँ लगानी भइसकेको छ । आयोजनाको विनियोजित बजेट ३५ अर्ब २९ करोड रुपैयाँ हो । भूकम्प र नाकाबन्दीका कारण २०७२ सालको करिब पूरै अवधिमा आयोजनाको निर्माण कार्यमा प्रतिकूल असर परेको छ । हालसम्म हेडवक्र्स् कंक्रिट कार्य ८६.५५ प्रतिशत, मुख्य सुरुङ खन्ने कार्य ८५.८५ प्रतिशत, टेलरेस सुरुङ खन्ने कार्य सत्प्रतिशत, अडिटलगायत अन्य सुरुङ खन्ने कार्य ८५.३५ प्रतिशत, विद्युतगृह र ट्रान्सफर्मर कार्य सत्प्रतिशत र विद्युतगृह र ट्रान्स्फर्मर क्याभर्न कंक्रिट कार्य ९४.३५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.