अफगानिस्तानका रक्षामन्त्री र प्रधान सेनापतिले दिए पदबाट राजीनामा
एजेन्सी: अफगानिस्तानमा सेनामाथि भएको एक दशकभन्दा बढी समययताकै एउटा ठूलो आक्रमणपछि त्यहाँका रक्षामन्त्री र प्रधान सेनापतिले पदबाट राजीनामा दिनु भएको छन्।रक्षामन्त्री र प्रधानसेनापतिले राजीनामा दिएको निर्णय राष्ट्रपति कार्यलयबाट जारी एक हरफको विज्ञप्तिमा जानकारी दिइएको हो।
रक्षामन्त्रीले दिएको राजीनामामा कुनै कारण भने खुलाइएको छैन् तर उक्त तालेबानी हमलापछि आफगानिस्तानमा आक्रोश एकदमै बढेको छ।तालेबान लडाकुले मजार-ए-शरिफ शहरस्थित एउटा सैन्य अखडामा गत शुक्रबार हमला गर्दा कैयौं सैनिक मारिएका थिए।
मारिएका सैनिकहरुको संख्या अझै स्पष्ट भइसकेको छैन भने त्यहाँका समाचारदाताका अनुसार मृतकहरुको संख्या दुई सयसम्म हुन सक्ने बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार १ सय ३६ जनाले ज्यान गुमाएको बताएको छ। जसमध्ये १ सय २४ जनाको शव उनीहरुका परिवारलाई बुझाइएको र १२ जनाको पहिचान गर्न नसकिएको बताएका छन्।
सैन्य शिविरमा पुगेका एकजना बीबीसी संवाददाताका अनुसार भित्ताहरुमा गोलीले प्वाल पारेका र रगत लत्पतिएका दागहरु देखिएको बीबीसीले जनाएको छ।
ज्यान गुमाउनेमा उक्त सैन्य अखडामा भर्खरै तालिम गरिरहेका सिपाहीहरु रहेको बीबीसीले जनाएको छ। यता, प्रत्यक्षदर्शीहरुले को आफ्नो साथी र को आफ्नो दुश्मन हो भनेर उनीहरुलाई निर्क्यौल गर्न निक्कै कठिन भएको बताएका छन्।