फिदिममा थपियो सुविधासम्पन्न होटेल

फिदिममा थपियो सुविधासम्पन्न होटेल

फिदिम: पर्यटकीय नगर फिदिम बजारमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुविधासम्पन्न होटेल सञ्चालनमा आएको छ । करिब ६ करोडको लागनीमा निर्माण गरिएको मनस्वी होटेल सञ्चालनमा आएको हो । नयाँ वर्षसँगै सञ्चालनमा आएको होटेल निर्माणका लागि तीन करोड रुपैयाँ लगानी गरिएको र बाँकी तीन करोड जग्गा खरिद र अन्य व्यवस्थापनमा खर्च भएको बताइएको छ ।

फिदिम बजारमा पर्यटकलाई लक्षित गरी होटेल सञ्चालन नभएको अवस्थामा मनस्वी होटेल सञ्चालनमा आएको हो । होटेलका प्रोप्राइटर दीपक नेपालकाअनुसार पर्यटक फिदिम बजार आएर पनि पर्यटनमैत्री होटेल नहुँदा चाँडै फर्कने अवस्था आएपछि मनस्वी होटेल सञ्चालनमा ल्याइएको हो । ६ तलाको होटेलमा जम्मा १६ ओटा कोठा छन् । २५ जनासम्म अट्ने एक बैठक कोठा र एक सय क्षमताको एउटा सभाहल छ । होटेलमा दुई ओटा डिलक्स रुम, ६ ओटा सुपरियर रुम र आठ ओटा स्ट्यान्डर्ड रुम छन् ।

‘न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम तीन हजार रुपैयाँसम्म कोठा भाडा लाग्ने व्यवस्था गरिएको छ,’ नेपालले भन्नुभयो, ‘ग्राहकको आवश्यकतालाई हेरी खानाको परिकार बनाइन्छ ।’ एक वर्षमा १० महिना सञ्चालन गर्ने लक्ष्य राखिएको उक्त होटेलमा अहिले १३ जनाले रोजगारी पाएका छन् । होटेलमा पार्किङको व्यवस्था हुनुका साथै २४ सै घन्टा तातो–चिसो पानीको व्यवस्था र इन्टरनेटको सुविधा उपलब्ध गराइने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.