'कहर' बन्यो वर्ष पुस्तक

'कहर' बन्यो  वर्ष पुस्तक

काठमाडौं : नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशन संघले जनकराज सापकोटाको पुस्तक 'कहर'लाई वर्ष पुस्तक २०१६ घोषणा गरेको छ । पुस्तकले वैदेशिक रोजगारमा गएका आफन्तको संवेदना बोकेको छ । वर्ष पुस्तक घोषणा गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लेखक सापकोटालाई प्रमाणपत्र र पुरस्कार हस्तान्तरण गरेका छन् ।

वी रिडका प्रकाशक राजीवधर जोशीलाई पनि सम्मान गरिएको छ । आख्यान विधाका लागि हुने वर्ष पुस्तक घोषणाको यो चौथो संस्करण हो । लेखक सापकोटाले पुस्तकमा रेमिटेन्सले देशको अर्थतन्त्र धान्नुका साथै ती परिवारमा देखिएको अँध्यारो पाटोलाई पनि उजागर गरेका छन् । 'किताब निकालेपछि पाठक प्रतिक्रिया, प्रकाशकको खुसी र म जोडिएको संघसंस्था र साथीहरूले दिएको साथका कारण कहर वर्ष पुस्तक बन्न सफल भएको हो', लेखक सापकोटाले भने । उनले यो पुस्तक साढे तीन वर्षको स्थलगत अध्ययनपछि तयार पारेका हुन् । दुई सय ३८ पृष्ठको पुस्तक विभिन्न आठ शीर्षकमा बाँडिएको छ ।

पुस्तकलाई यसरी पुरस्कृत गर्ने प्रचलनले लेखक तथा प्रकाशकलाई हौसला मिल्ने कुलपति उप्रेतीले बताए । कार्यक्रममा 'पुस्तक लेखन, प्रकाशन, पठन र प्रतिलिपि अधिकार' विषयमा शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए । विदेशी पुस्तक नेपालमा सजिलै उपलब्ध भएजस्तै नेपाली पुस्तक विदेशमा पुर्‍ याएर नेपाली पुस्तकको बजार फराकिलो पार्ने कोसिस गरिरहेको संघका अध्यक्ष पदमप्रसाद सिवाकोटीले दाबी गरे ।

जनस्वास्थ्य विशेषज्ञ रवीन्द्र समीर लघुकथा विधामा बढी दखल राख्ने स्रष्टा हुन् । यसअघि उनका 'तेस्रो आँखा' (२०५३), 'पोस्टमार्टम' (२०६२), 'विकिरण' (२०६३), 'ईश्वरका कथा' (२०६५), 'अर्जुनदृष्टि' (२०६७), 'अणु र पहाड' (२०६९), 'व्यंगम् शरणं गच्छामि' (२०७०) र 'एकलव्य दृष्टि' (२०७१) गरी आठवटा लघुकथासंग्रह प्रकाशित छन् । त्यसैगरी मुक्तकसंग्रह 'चाँदीको घेरा' (२०६२) तथा नियात्रासंग्रह 'ग्रेटवालको ग्रेट अनुभूति' (२०६६) पनि पाठकमाझ आइसकेको छ ।

डा. समीरले पद्म श्री साहित्य पुरस्कार, युवावर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान एवं पुरस्कार प्राप्त गरेका छन् । फाइनप्रिन्टले प्रकाशन गरेको 'भूकम्ममा मल्हमपट्टी'को मूल्य ३४८ रुपैयाँ राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.