८ वर्षे बालकसँग ६१ वर्षीय महिलाको विवाह !
केप टाउन: प्राय बेहुला बेहुलीको उमेर कति फरक हुन्छ ? पाँच वर्ष, १० वर्ष वा १५ वर्ष। तर दक्षिण अफ्रिकामा एउटा अनौठो विवाह भएको छ।
८ वर्षको बालकसँग हजुर आमा उमेरकी महिलासँग विवाह गरिदिएको छ।
विवाहित महिला पाँच वटा बच्चाकी आमा हुनुहुन्छ। ६१ वर्षीय शाबानगूले ८ वर्षको सानेले मैसिलेलासँग विवाह गर्नु भएको हो। यो प्रकारको विवाह सुनेर सबै जना चकित भएका छन्। शाबानगू र मैसिलेलाको विवाह दक्षिण अफ्रीकाको श्वानमा भएको हो।
मैसिलेला अहिले प्राइमरी स्कुलमा पढिरहेका छन्। उहाँहरुको विवाहमा करीब सय बढी पाहुनाहरु उपस्थित भएका थिए। उनीहरुले बेहुलाबेहुलाई औंठी पहिर्याएका थिए।