पूर्वराष्ट्रपति बुस अस्पतालमा
हस्टनः फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसलाई अस्पतालमै निगरानीमा राखिएको छ । स्थानीय अस्पतालमा उनलाई निरन्तर निगरानीसहित उपचार भइरहेको सोमबार अस्पतालद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
अचानक अस्वस्थ भई गत शुक्रबार उपचारार्थ भर्ना गरिएका अमेरिकाका पूर्वराष्ट्रपति एवं वयोवृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत छन् । विगत केही दिनदेखि हस्टन मेथोडिस्ट अस्पतालमा उपचार गराइरहेका ९२ वर्षीय पूर्वराष्ट्रपति बुसलाई यसै साताको अन्त्यसम्म ‘डिस्चार्ज' गर्ने अपेक्षा गरिएको छ ।
चिकित्सकले उनलाई निरन्तर वि श्रमको आवश्यकता रहेको बताएका छन् । गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै हस्टन मेथोडिस्ट हस्पिटल पुर्याइएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उनलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो ।
पछिल्लो पटकगत अप्रिल १४ मा अस्पताल भर्ना हुनुभएका पूर्वराष्ट्रपति बुस यस वर्ष सन् २०१७ मा मात्रै अहिले तेस्रोपटक अस्पताल भर्ना भएका छन् । पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चार वर्षसम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हालेका थिए । —रासस÷एपी