यमन द्वन्द्व रोकः राष्ट्रसंघ

यमन द्वन्द्व रोकः राष्ट्रसंघ

आदेनः संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले यमनी नागरिकको द्वन्द्व र यसबाट सिर्जित पीडा अन्त्यका लागि राजनीतिक समाधान खोज्दै स्थायी शान्तिका लागि काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

‘दुई वर्षको द्वन्द्वले सर्वसाधारण यमनी नागरिकको जीवन लिएको यमनमा आजभोलि पनि ठूलो दरमा दुःखान्त घटनाका अनुभव सुनिरहनुपरेको छ’, गुतेरेसले भने । उनले मानवीय संकट निवारणका लागि उच्चस्तरीय कार्यक्रममा मंगलबार यमनमा बोल्दै यस्तो आह्वान गरे ।

द्वन्द्वका कारण यमनको अर्थतन्त्रमा व्यापक असर परेको, स्वास्थ्य सेवासमेत नराम्ररी प्रभावित भएको उनले जानकारी दिए । करिब ३० लाख मानिस आन्तरिक तथा बाह्य रूपमा विस्थापित भएको बताउँदै हाल लाखौं यमनी सर्वसाधारणले जीवन जीउनका लागि पनि समस्या परेको उनले स्पष्ट पारे ।

द्वन्द्वका कारण विस्थापित हुनुपर्दा स्थानीयहरूले आफ्नो जमिनमा खेती समेत गर्न असमर्थ हुँदा मानवीय सहयोगको भरमा जीवन निर्वाह गर्नु उनीहरूको बाध्यता भएको दुःख चित्रण गरे । यमनमा विस्थापित भएका नागरिकलाई मानवीय सहयोग पठाएर भन्दा यहाँको समस्याको स्थायी समाधान खोज्नुपर्नेमा गुतेरेसको जोड थियो । उनले यमनमा जारी द्वन्द्वका कारण यहाँका आधारभूत सेवाका संरचनासमेत ध्वस्त बनेकाले लाखौं मानिस रोग र अन्य खतराको त्रासमा बाँचेको बताए ।

यमनकोे झन्डै दुई तिहाइ जनसंख्या अर्थात् १ करोड ९० लाख नागरिकलाई बाँच्ने आधार मानवीय सहायता मात्रै रहने गरेको छ । यहाँका एक करोड ७० लाख मानिसले असुरक्षित खाद्यान्नको मार सहनुपरेको छ । यमनमा प्रत्येक २२ जनामध्ये सातजना असुरक्षित खाद्यान्नको मारमा बाँचिरहेका राष्ट्रसंघको तथ्यांक छ ।

गुतेरेसले यमनमा द्वन्द्वरत पक्षलाई राष्ट्रसंकका यमनका लागि विशेष दूत इस्माइल वल्ड शेख अहमदको पहलमा हुने शान्तिवार्तामा सहभागी बन्न आग्रह गर्दै यसमा सम्बन्धित सवैले सघाउनुपर्ने बताए । गुतेरेसले यमनमा सन् २०१७ का लागि २ अर्ब १० करोड रकम आवश्यक रहेकोमा हाल मात्र १५ प्रतिशत माग पूरा हुने गरेको पनि उनले खुलासा गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.