सिटिजन्स बैंकको आस्वा शुल्क २५ रुपैयाँ

सिटिजन्स बैंकको आस्वा शुल्क २५ रुपैयाँ

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आस्वा लिँदै बैंकको सबै शाखाबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले सम्पूर्ण लगानीकर्तालाई आइपिओ र एफपियोको दरखास्त लिने व्यवस्था भएको जानकारी गरेको छ ।

। यस प्रणालीमार्फत कुनै पनि कम्पनीको धितोपत्रको सार्वजनिक निष्कासन आइपियो र एफपियोका समयमा लगानीकर्ताबाट दरखास्त संकलन गरिने जानकारी गराएको छ ।बैंकले सो सेवा उपलब्ध गराएबापत प्रतिदरखास्त २५ रुपैयाँ मात्र लाग्ने जानकारी गराएको छ ।

सो सुविधाअन्तर्गत लगानीकर्ताले धितोपत्र खरिद गर्न चाहेको रकम निजहरूको यस बैंकमा भएको चल्ती, बचत वा कल खातामा रोक्का राखेर सोको निस्सा सम्बन्धित लगानीकर्तालाई उपलब्ध गराइनेछ । यसैगरी, धितोपत्रको बाँडफाँटपश्चात् लगानीकर्ताको भागमा परेको रकम बराबर मात्र उक्त खातामा खर्च गरिने समेत बैंकले जानकारी गराएको छ ।

उक्त कार्यले दरखास्त फारम बुझाउन र आफ्नो रकम फिर्ता पाउन लाइन बस्ने समयसमेत सदुपयोग गर्न सकिने बैंकको भनाइ छ । बैंकका ५८ वटै शाखाबाट दरखास्त लिने व्यवस्थासहित खाता नभएका लगानीकर्तालाई पनि सरल तरिकाले खाता खोल्ने व्यवस्था गरिएको बैंकले जनाएको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.