आँखा फर्फराउनुको कारण

आँखा फर्फराउनुको कारण

‘आज मेरो देबे्र आँखा बिहानदेखि फर्फराउँदैछ, किन होला ? केही अशुभ हुन हो कि ? ' परीक्षा दिन हिँडेकी शान्तिले साथी रीतालाई भनिन् । ‘ए देब्रे आँखा फर्फराउनु त राम्रो होइन, दाहिने आँखा फर्फराउनु शुभ मानिन्छ अरे !' सँगै परीक्षा दिन हिँडेकी रीताले भनिन् । ‘ए, जाऊँ जे होला-होला' भन्दै दुवैजना परीक्षा हलतिर लागे ।

आँखा फर्फराउँदा हामी शुभ तथा अशुभ घटनासँग यसलाई जोडेर हेर्छौं । यसबारे उहिल्यैदेखि समाजमा आफ्नै किसिमको धारणा रहिआएको छ । यो एक किसिमको अन्धविश्वास हो । हाम्रो आँखा फर्फराउनुको सम्बन्ध शुभ या अशुभसँग रहेको वैज्ञानिक आधार प्रमाण छैन । शारीरिक रूपमा हेर्दा यो एक सामान्य प्रक्रिया हो जसले व्यक्तिको शरीरिक स्थितिलाई झल्काउँछ । आँखा फर्फराउनु भनेको आँखाको मथिल्लो या तल्लो परेला अनियन्त्रित रूपमा कम्पन हुनु हो । विशेष गरी आँखाको माथिलो परेला फर्फराउने गर्छ ।

आँखा फर्फराउनुलाई मेडिकल भाषामा ‘ब्लेफारोस्पाज्म' भनिन्छ । यसले दुवै आँखाको मांसपेशीमा प्रभाव पार्छ । कसैको आँखा केही क्षणका लागि मात्र फर्फराउने गर्छ भने कसै कसैको तीन र चार महिनासम्म पनि फर्फराउन सक्छ । पुरुषको तुलनामा महिलामा आँखा फर्फराउने समस्या बढी देखिन्छ ।

कारण

आँखा फर्फराउनुको कारण यही नै हो भनेर ठोकुवा गर्न सकिँदैन । किनभने यसको कारण हालसम्म अज्ञात छ । विज्ञहरूको भनाइअनुसार सम्भावित कारणहरू यस्ता हुनसक्छन् ।

थकानः धेरै टीभी वा दिनभरि कम्प्युटर, ल्यापटप, मोबाइलको स्क्रिनमा हेर्दा आँखामा बढी दबाब पर्ने भएकाले आँखा फर्फराउने समस्या देखा पर्नसक्छ।

मानसिक तनावः हामी सबैलाई केही न केही तनावले सताइरहेको हुन्छ । अत्यधिक तनाव हुँदा शरीरले विभिन्न किसिमबाट प्रतिक्रिया दिने गर्छ । आँखा फर्फराउनु पनि शरीरले दिने एक किसिमको प्रतिक्रिया नै हो । विशेषगरी दृष्टिसम्बन्धी समस्या जस्तै आधा टाउको दुख्नु (माइग्रेन) कमजोर दृष्टि हुनेहरूको आँखा बढी फर्फराउने गर्छ ।

आँखामा दबाबः धेरै बेरसम्म कुनै वस्तुलाई लगातार एकटकले हेरिरहँदा आँखामा बढी दबाब पर्न जान्छ । यसले आँखाका मांसपेशीलाई पुनः एक्टिभ गर्न पनि आँखा फर्फराउने गर्छ ।

चस्माको प्रयोगः तपाईं लामो समयदेखि पावर प्लस र माइनस भएको चस्मा लगाउनुहुन्छ र एक्कासि चस्मा लागाउन छोड्नुभयो भने आँखा फर्फराउने हुन्छ ।

मद्यपानः अत्यधिक मदिरापान, लागूपदार्थ सेवनले पनि आँखा फर्फराउने हुनसक्छ ।

 धेरै टीभी वा दिनभरि कम्प्युटर, ल्यापटप, मोबाइलको स्क्रिनमा हेर्दा आँखामा बढी दबाब पर्ने भएकाले आँखा फर्फराउने समस्या देखा पर्नसक्छ ।

आँखा सुक्खा हुनुः कन्टयाक्ट लेन्सको प्रयोग गर्ने तथा वृद्धवृद्धाहरूको आँखा सुक्खा भएर चिप्रा (कचेरा) आउने, आँखा बिहान उठ्दा टाँसिने अवस्थामा पनि फर्फराउने समस्या देखा पर्छ ।

खानपानः खानामा शरीरलाई चाहिने विशेष प्रकारको पौष्टिक तत्वव जस्तै मेग्नेसियम, जिंकको अभाव भएमा परेलामा कम्पन हुन्छ र फर्फराउँछ ।

एलर्जीः कसैकसैलाई धूलो, धूवाँ तथा चर्को घाम (प्रकाश)बाट पनि आँखाको एलर्जी हुने हुन्छ । आँखाको एलर्जी हुँदा चिलाउने, सुन्निने तथा आँखा रसाउने हुन्छ । यही एलर्जीका कारण शरीरले देखाउने प्रतिक्रियाका रूपमा आँखा फर्फराउने गर्छ ।
अनिद्राः धेरै रातसम्म कुनै कारणवश निदाउन नपाउँदा अथवा निद्रा नलाग्ने समस्या छ भने पनि बिहानपख आँखा फर्फराउने गर्छ ।

वंशानुगतः पारिवारिक इतिहासमा कसैलाई आँखा फर्फराउने समस्या छ भने अन्य सदस्यलाई पनि यो समस्या हुने सम्भावना हुन्छ ।

लक्षण

अधिकांश व्यक्तिमा कुनै प्रकारको पूर्वसंकेतबिना नै आँखा फर्फराउने समस्याको सुरुआत हुन्छ । कसैकसैलाई यो समस्याका साथै भावनात्मक तनाव या संवेदनशीलताको पनि अनुभव हुनसक्छ । कुनै काम या कुनै विषयमा ध्यान केन्द्रित गरिरहेको छ भने वा सुतिरहेको अवस्थामा आँखा फर्फराउन कम हुन्छ । अत्यधिक रूपले आँखा फर्फराउन थालेमा अनुहारका मांसपेसीहरूमा एँेठन हुने सम्भावना हुन्छ ।

जटिलता

आँखा फर्फराउने समस्या लामो समयसम्म रह्यो भने आँखाको नानी (कोर्निया) क्षतिग्रस्त भई सदाका लागि आँखा बिग्रिनसक्छ । आँखा फर्फराउनुका साथै अनुहारको मांसपेसी पनि फर्फराउने, एैठन हुनेजस्ता समस्या देखा पर्छ । यसले आँखाको मांसपेसीको क्यान्सर पनि संकेत गरिरहेको हुनसक्छ ।

रोकथाम

आँखा फर्फराउनुको कुनै ठोस कारण नभएकाले यसलाई रोक्ने अचुक उपाय छैन । तर कुनै पनि कुराबिना कारण हँुदैन भनेजस्तै के कारणले आँखा फर्फराउन थाल्छ ? त्यसलाई विचार गरेर यो समस्या रोकथाम गर्न सकिन्छ । दैनिक आहारमा हरियो सागसब्जी, फलफूलमा केरा, सुन्तला, मौसम, किसमिस समावेश गर्ने, यसमा प्रचुर मात्रामा पोटासियम, मेग्नेसियम र जिंक पाइन्छ । जसले यो रोगलाई निको पार्न मद्दत गर्छ ।
अत्यधिक मद्यपान, धूमपान, कफीको सेवनले हो भने यसलाई बिस्तारै कम गर्दै लैजाने । कतिपय मानिसले आँखा फर्फराउन रोक्नका लागि परेलामाथि सानो कागजको टुक्रा टाँसेर राख्ने गर्छन् । यसले आँखाको कम्पनलाई अलिकति भए पनि कम गराउन मद्दत गर्छ ।

के गर्ने

- पूर्ण रूपले आराम गर्ने ।
- तनाव वा चिन्ता नलिने ।
- हल्का किसिमले आँखाको लिड सफा गर्ने ।
- आँखाको तनाव कम गर्न सनग्लास (चस्मा) लगाउने ।
- पूर्ण निद्रा निदाउने ।
- आँखालाई चिप्लो पार्ने (लुब्रिकेटिङ) आई ड्रप चिकित्सकको सल्लाहमा प्रयोग गर्ने ।
- काँक्रो, आलु पातलो मसिनो गोलो आकारमा काटेर प्रभावित आँखामाथि केही बेर राख्ने ।
- आँखामा आई ड्रप हालेजस्तै गुलाबजलको केही थोपा हाल्ने ।
- बिहान-बेलुकी मुख धुँदा आँखामा पानी छ्याप्ने (धुने) ।

के नगर्ने

- आँखा मिच्नु हुँदैन ।
- आँखाको सुरक्षाका उपायलाई अपनाउने ।
- आँखाको व्यायाम गर्ने ।
- योग, ध्यान आदिले पनि फाइदा हुन्छ ।

उपचार

आँखा लामो समयसम्म फर्फराएमा समस्या नै हुने गर्छ । त्यसलाई बेवास्ता गरेर बस्नु हुँदैन । पायक पर्ने स्वास्थ्यकेन्द्र वा विज्ञसँग सल्लाह लिनु जरुरी हुन्छ । होमियोप्याथीमा रोगीको उपचार उसको समष्टिगत लक्षणका आधारमा गरिन्छ । रोगीको मानसिक लक्षणलाई बढी महत्वव दिइने गरिन्छ, किनभने यो रोगको मुख्य केन्द्र मस्तिष्कको एक भाग हो । यसै ग्लान्डसद्वारा शरीरका मसलहरू नियन्त्रित हुने गर्छ ।

भनिन्छ, एलोप्याथिकमा यस रोगको उपचार नै छैन । रोगीको लक्षणका आधारमा यस रोगका लागि होमियोप्याथीमा सफलतापूर्वक प्रयोग गरिने औषधिमा बेलाडोना, हिपर सल्फर, केमोमिला, कुप्रम मेटालिकम, नेट्रम-म्युर, सिना, जिंकम, जेल्सिमियम, युफ्रेसिया, नक्स भोम, पल्साटिला, रसटक्स, पलम्बम, एगारिकस आदि हुन् । यी औषधिको प्रयोग चिकित्सकको सल्लाह लिएरमात्र प्रयोग गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.