अमेरिकी मिसाइल तैनाथविरुद्ध दक्षिण कोरियामा चर्को विरोध

अमेरिकी मिसाइल तैनाथविरुद्ध दक्षिण कोरियामा चर्को विरोध

एजेन्सी: दक्षिण कोरियामा स्थानीयको तीब्र विरोधका बाबजूद पनि अमेरिकी सुरक्षाफौजले दक्षिण पूर्वी इलाकामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथीको काम जारी राखेको छ। उत्तर कोरियाबाट संभावित क्षेप्यास्त्र आक्रमणलाई रोक्न भन्दै तैनाथ गर्न लागिएको थाड नामक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको स्थानियवाशीले तिब्र विरोध गरिरहेका छन्।

यद्यपी अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियाली सेनाको सहकार्यमा जति सक्दो छिटो थाड तैनाथ गर्ने योजना भएको सार्वजानिक गरेको छ। योजना सार्वजानिक गरेको छ दिन पछि ग्याङसङबुक्दोको सञ्जुमा थाड तैनाथीको काम भइरहेको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन्।

टर्मिनल हाइ अल्टिच्यूड एरिया डिफेन्स थाड सिस्टम तैनाथ गर्ने विषयमा दुइ मुलुकबीच यस अघि नै सहमती भएको थियो। जसले उत्तर कोरियाको संभावित ब्लास्टिक मिसाइल आक्रमण रोक्ने तथा मिसाइलाई बीचमै नष्ट गर्ने छ।

गाडिमा मिसाइल प्रतिरक्षा प्रणालीका सामान बोकेर जादै गरेका अमेरिकी सुरक्षाकर्मीलाई सयौ स्थानियले अवरोध गर्दा झडप समेत भएको समचारमा जनाइएको छ। स्थानीयले नो थाड, नो वार भन्दै चर्का नाराबाजी समेत गरेका थिए। थाड तैनाथीको विषयमा कोरियनहरु दुई धारमा देखिएका छन्।

आसन्न राष्ट्रपतिय निर्वाचनका प्रत्यासी तथा अग्रस्थानमा देखिएका उम्मेद्वार मुन जे इनले अपदस्थ राष्ट्रपति पार्क गून्ह्योले थाड तैनाथमा विवास्पद निर्णय गरेको र सो निर्णय पुर्नवलोकन गर्नुपर्ने राय राख्दै आएका छन्। उहाँले थाड तैनाथ नयाँ सरकार निर्माण भए पछि उसले गर्ने निर्णय अनुसार हुनुपर्ने तर्क पनि मूनको छ।

मून नेतृत्वको नयाँ सरकार बन्ने प्रबल सम्भावना रहेको र नयाँ सरकारले निर्णय उल्टाउने सक्ने भन्दै अमेरिकी सरकारले हतारमा थाड तैनाथीको कार्यलाई तिब्रता दिएको विश्लेषण गरिएको छ। थाड तैनाथमा छिमेकी मुलुक चीनले पनि विरोध गर्दै आएको छ। थाड तैनाथले कोरियाली प्रायद्धिपमा थप तनाब निम्त्याउने सक्ने चिन्ता बेइजिङको छ।

थाड तैनाथसँगै कोरियाली प्रायद्धिपमा तनाब झन् बढ्ने अनुमान गरिएको छ। अमेरिका र प्योयाङबीच आणविक आक्रमणको वाकयुद्ध चल्दै आएको छ भने गत मंगलबार मात्रै अमेरिकाले सेना र हातहतियाले सुसज्जित युद्धपोत जहाज कोरियाली प्रायद्धिपमा पठाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.